‘लायन्स फेस्टिवल’ सम्पन्न

layanceकाठमाडौं, ४ फागुन । लायन्स क्लव इन्टरनेशनले विभिन्न कार्यक्रमको आयोजना गरी दोस्रोपटक लायन्स फेस्टिबल मनाएको छ ।
राजधानीको गोकर्णमा आयोजना गरिएको एक दिने फेस्टिबलको उद्घाटन लायन डा. अन्जनीकुमार शर्मा  र लायन्स क्लव इन्टरनेस्नल ३२५ ए १ का डिस्टीक गभर्नर रामवहादुर श्रेष्ठले संयुक्त रुपमा वेलुन उडाएर कार्यक्रमको उद्घाटन गरे । उक्त महोत्सवमा नर्भिक हस्पिटलको नि:शुल्क हेल्थ चेकअप, ब्लड डोनेसन, विभिन्न किसिमका खेलकुदका कार्यक्रमका साथै विभिन्न राष्ट्रिय कलाकारबाट सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो  ।
लायन्सले बिगतमा समाजको आर्थिक सामाजिक क्षेत्रको विकासमा गरेको योगदान र त्यसबाट समाजले प्रप्ता गरेको सफलताका बारेमा समेत छलफल गरिएको थियो । आगामी दिनमा मृगौला रोगको उपचारमा लायन्स क्लवले सहयोग गर्ने बारेमा समेत छलफल भएको थियो । कार्यक्रममा राष्ट्रिय मृगौला प्रत्यारोपण केन्द्रका अध्यक्ष रिसीकुमार काफ्लेले मृगौला रोगको उपचारमा सहयोग गर्न सम्पूर्ण लायन सदस्यलाई आग्रह गरे । एक/एक रुपयाँ सहयोग गरेमा पनि ठुलो सहयोग हुने भन्दै काफ्लेले सबैलाई बर्षमा एक पटक मृगौलाको परिक्षण गर्न सुझाव दिए ।
लायन्सक्लब इन्टरनेशनल ३२५ ए १ का गभर्नर लायन रामबहादुर श्रेष्ठले समाजसेवामा अझ क्रियाशील हुन लायन्सका सदस्यहरुलाई आग्रह गरे । केही दिन अघिमात्र लायन्सका सदस्यहरु रहेको मनराम प्रतिष्ठान २००५ नेपालले १७ लाख बराबर डायलाइसिस पानि सुद्धिकरण मेसिन राष्ट्रिय मृगौला प्रशिक्षण केन्द्रलाई उपलब्ध गराएको जानकारी गराउँदै गभर्नर श्रेष्ठले अरुलाई खुवाएर आफू खाएमा मात्र सच्चा समाजसेवा हुने बताए ।
आगामी दिनमा अझ समाजसेवामा लाग्ने उनको भनाइ थियो । ‘नेपालको भौगोलिक एवं यहाँको आर्थिक अवस्था कमजोर भएको जनसंख्या उच्च रहेको हुँदा यहँँका जनतामा रोगको शिकार वन्ने कारण उच्च रहेको बताउँदै यसमा लायन्स गाउँ गाउँ सम्म पुग्नु आवश्यक छ ।’ उनले भने ।
फेष्टिबलको आयोजक लायन्स क्लब काठमाडौं हिमालयका अध्यक्ष सुजन श्रेष्ठले महोत्सवको माध्यमबाट सम्पूर्ण लायन्स एक हुने र एक ठाउँमा वसेर छलफल गर्न सकिने देखेर क्ल्वले सो महोत्सव संचालन गरेको बताए । महोत्सववाट बचेको फन्ट देशका दुर्गम जिल्लामा स्वास्थ्य शिवीर सञ्चानलन गर्नेसमेत श्रेष्ठले बताए । महोत्सवमा ९० भन्दा बढी क्लबका झन्डै १५ जना लायन्सको सहभागिता रहेको थियो ।

प्रतिक्रिया