ओखलढुंगा : जिल्ला अदालत ओखलढुंगाले नेकपा (एमाले)का नेता छविलाल कार्कीको हत्याका पाँच अभियुक्तलाई जन्मकैदको फैसला गरेको छ ।
जिल्ला न्यायाधीश सुभाषबाबु पुरीको इजलासले उक्त फैसला गरेको हो । पुर्पक्षमा रहेका एमाओवादीका कार्यकर्ताहरू पोखरे गाविसका यदुनाथ घिमिरे, दियाले–९ का टिकाराम भुजेल, पोखरे गाविसकै विमर्शराज घिमिरे, तलुवा गाविसका नवराज बस्नेत र कार्कीका दाजु चन्द्रबहादुर कार्कीलाई जन्मकैदको सजाय तोकिएको जिल्ला अदालत ओखलढुंगाका श्रेस्तेदार धनबहादुर कार्कीले जानकारी दिए ।
उक्त मुद्दामा तारेखमा रहेका ठूलाछाप गाविसका देवबहादुर कट्वाल र दिलबहादुर सार्की तथा भदौरे गाविसका लालबहादुर भुजेललाई तीन वर्ष कैद तोकिएको छ ।
प्रतिक्रिया