काठमाडौं : त्रिवि शिक्षण अस्पतालका प्राध्यापक डा. गोविन्द केसी शनिबार दिउासो २ बजेबाट आमरण अनशन बस्ने भएका छन् । अघिल्लो अनशन तोडाउादा सरकारले गरेको सहमति कार्यान्वयन नभएपछि डा. केसीले नागरिक अवज्ञा आन्दोलन थाल्ने निर्णय गरेका छन् ।
आफूसाग गरेका सहमति कार्यन्वयनमा सरकारले चासो नदिएको र शुक्रबारसम्म माग पूरा गर्न दिएको अल्टिमेटम पूरा हुने नदेखेपछि शनिबारबाट पुन: अनशन सुरु गर्न लागेको डा. केसीले बताएका छन् । उनले सरकारले सबै माग पूरा गर्नुपर्नेमा डिन नियुक्त गर्ने पहिलो मागसमेत पूरा गर्न नसकेको बताए । सरकारले त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानको डिन वरिष्ठताका आधारमा नियुक्त गर्नेसहितको लिखित सहमति जनाएपछि उनले १४ दिन लामो आमरण अनशन १० माघमा तोडेका थिए । सरकारले शनिबार बिहान ९ बजेसम्ममा त्रिवि शिक्षण प्रतिष्ठानमा नयाा डिन नियुक्त नगरे डा. केसीले मध्याह्न १२ बजे पत्रकार सम्मेलन गरेर आन्दोलनका कार्यक्रमहरू घोषणा गर्ने तयारीमा छन् ।
डा. केसीले यो पटक त्रिवि पदाधिकारीको राजीनामालाई प्रमुख माग बनाउने बताएका छन् । राजनीतिक नियुक्तिबाट आएका भ्रष्ट भिसी र रेक्टरले माफियासाग मिलेर त्रिविलाई सक्न लागेको उनको आरोप छ । तीन पटकसम्म अनशन बस्दा पनि आफ्ना कुरा नसुन्ने सरकार माफियाको जालोमा फसेको भन्दै उनले भ्रष्टाचार र माफियाको जालो तोड्न आफू ज्यान दिन तयार रहेको बताए ।
प्रतिक्रिया