अमेरिकी सेनाका उच्च अधिकारी नेपालमा

काठमाडौं, २२ माघ । नेपाली सेनाका कामु प्रधानसेनापति पवनबहादर पाण्डे र अमेरिकी सेनाका मेजर जनरल मिचेल सिल्डसबीच भेटवार्ता भएको छ । सैनिक मुख्यालयमा बुधवार भएको भेटमा आपसी सहयोग तथा द्धिपक्षीयसम्बन्धका विषयमा छलफल भएको सैनिक जनसम्र्पक निर्देशनालयले जनाएको छ । नेपालको ४ दिने भ्रमणका क्रममा काठमाडांै आएका मिचेलले नेपाली सेनाका तालिम प्रतिष्ठानहरूको भ्रमण गर्ने कार्यक्रम छ । उनी सेनाको पश्चिम पृतना पोखरासमेत पुग्ने कार्यक्रम रहेको सेनाले जनाएको छ । मेजर जनरल मिचेल अमेरिकी सेनाको पाकिस्तान अफगानस्तान कोर्डिनेसन सेलका डाइरेक्टर हुन् ।

 

प्रतिक्रिया