उत्तर आधुनिकतावाद

उत्तरआधुनिकतावाद (postmodernism) आधुनिकतावादमाथिको विजय र बिस्तार हो । द्धितीय विश्वयुद्धपछि आधुनिकतावाद क्रमश: कमजोर बन्दै गएर उत्तरआधुनिकतावादले त्यसको स्थान लिँदै गएको पाइन्छ । विशेषत: पुँजीवादी समाजमा सन् १९६० को दशकदेखि उत्तरआधुनिकतावादी सोचको आगमन हुन थालेको हो ।

नेपालमा पहिलेदेखि नै उत्तरआधुनिकतामाथि बहस चल्दै नचलेको होइन, तर यो बहस ज्यादै सीमित मात्रामा रहेको छ । इन्द्रबहादुर राईको लीलालेखनजस्ता केही सिर्जनशील रचनामा उत्तरआधुनिक सौन्दर्यशास्त्रको खोज भएको छ । त्यस्तै साहित्य समालोचनामा ऋषिराम बराल (२०५२) र रमेश भट्टराई (२०५७) बाट उत्तरआधुनिकताका केही पक्षहरूबारे विश्लेषण गरिएको छ । अचेल फाट्टफुट्ट प्रदर्शन हुने प्रतिस्थापन कला, सडक नाटक, अनुष्ठान, कला र घटनाहरूमा केही उत्तरआधुनिकता लुकेको छ कि भन्ने दर्शकहरूलाई भान पनि हुन्छ ।
बितेको झन्डै तीनदशक यता विशेषत: पश्चिमी बौद्धिक वृत्तमा आधुनिकतावाद बारे गहन बहस र छलफल सिर्जना भएको हो । यसको प्रभाव कुनै एक विधासँग मात्र सीमित नरहेर समाजशास्त्र, मानवशास्त्र, भाषाविज्ञान, संस्कृति अध्ययन, रणनीतिशास्त्र, इतिहास, अर्थशास्त्र, पाठ व्याख्या गर्ने शास्त्र, मनोविश्लेषणसम्म उस्तै प्रकारले प्रभावित रहेको देखिन्छ । कान्ट, माक्र्स, दुर्खिम, फ्रायड र वेबर आदिले जसरी सामाजिक विज्ञानमा आधुनिक मान्यताको विकास गरे त्यसैगरी नित्से, डेरिडा, फुको र लेटर्डले उत्तरआधुनिक मान्यतालाई स्थापना गर्नमा ठूलो योगदान गरे ।
मानवशास्त्री लेटन भन्छन् – उत्तरआधुनिकतावाद धेरैजनाका लागि धेरै चिज हो । यद्यपि सारांसमा यो आधुनिकताले सिर्जना गरेको मूल्यमान्यताप्रतिको तिखो र आलोचनात्मक दृष्टिकोण हो । यो कुनै आधुनिकतापछिको युग नभई आधुनिकताप्रतिकै समालोचनात्मक दृष्टिकोण हो, जसले आधुनिकता अँगालेको मूल्य, मान्यता र आदर्शलाइ अस्विकार गर्दछ । यहाँहरूलाई थाहै छ आधुनिकताले औद्योगिक र औपनिवेशिक विश्वको सिर्जन गर्‍यो जसलाई आधुनिकीकरणको रूपमा बुझ्न सकिन्छ । आधुनिकीकरणले यस्ता प्रक्रियालाई बुझाउँछ, जसमा व्यक्तिवादीकरण ९ष्लमष्खष्मगबष्शिबतष्यल०, धर्म निरपेक्षीकरण ९कभअगबिचष्शबतष्यल०, औद्योगीकरण ९ष्लमगकतचष्बष्शिबतष्यल०, सांस्कृतिक विभेदीकरण ९अगतिगचब िमषाभचभलतष्बतष्यल०, वस्तुकरण ९अयmmयमष्तष्शबतष्यल०, सहरीकरण ९गचदबलष्शबतष्यल०, कर्मचारीतन्त्रकरण ९दगचभबगअचबतष्शबतष्यल०, र विवेकीकरण ९चबतष्यलबष्शिबतष्यल० जस्ता कुराहरू पर्दछन् र यी सवैको संयोजन नै आधुनिक विश्वलाई बुझिन्छ ९द्यभकत बलम प्भििलभच०, १९९१:३० । यी आधुनिकता, जसरी निर्माण भयो त्यसले मानवलाई मुक्ति दिलाउने भन्दा मानवलाई भयावह अवस्थामा पुर्‍याउने काम गर्‍यो । समाजलाई पुँजीवादी बाटोमा लँगडो तवरले हिँड्ने प्रेरणा दियो । नारीवादलाई यता न उताको बनायो । समाजमा धनि र गरिबबीचको खाडल झन ठूलो बनायो । शान्तीकामी जनताहरूले शान्ती प्राप्त गर्न सकेनन् । देशहरूबीच वैमन्यस्ताको खाडल झनै गहिरीएर गयो । विज्ञान, कला र सीप केवल पुँजी पतिहरूको मुठ्ठिमा गएर सिमित भयो । संयुक्त राष्ट्रसंघले पनि हात हतियार, गोलीगठ्ठाको अवैध व्यापारलाई थेग्न सकेन उल्टै उसले पुँजीवादीहरूको रवैयामा हातेमाले गर्‍यो । स–साना देशहरूको अस्मिता माथि खतराको वादल मडारिन सुरु गर्‍यो । हरेक प्रकारले विकसित राष्ट्रहरूले अविकसित वा अर्धविकसित राष्ट्रहरूका हरेक प्रकारका वस्तुहरूमा नजर, खोज र अनुसन्धानका नाममा उनीहरूको भित्रिकुराहरू वा रहस्यहरू खोतल्ने जुक्ति गर्न थाले । प्राकृतिक कुराहरूलाई आफ्नो मुठ्ठीमा पार्न देखि लिएर राजनैतिक साठ गाठमा उनीहरू नै अगाडि सर्न थाले । विकास निर्माणका कुराहरूमा आर्थिक सहायताको घुमाउरो प्रलोभन देखाएर पुन: आफ्नै देशमा फर्काउने जुक्तिमा अविकसित देशका मानिसहरू मात्र बेचिएनन् अपितु उनीहरूको चंगुलको खुलेर प्रशंसक समेत वने । विकशित देशको मास्टर माईण्डको प्रभावले घरको मही खान छोडेर मानिसहरूले पैसा सापट लिई बजार गई कोक र फण्टा किनेर ल्याई आफ्ना पाहँुनाको स्वागत सत्कार गर्ने नयाँ परम्पराको थालनिमा आफूहरूलाई पारङ्गत एवं अभ्यस्त बनाए । यस प्रकारको थिचो मिचो, एस प्रकारको विभेद एवं अनेकौ प्रकारको शोषण गर्ने प्रवृत्तिको ब्यङ्गको द्योतकको रूपमा जागरुक भएको हो उत्तरआधुनिकतावाद । त्यसैले त भनिन्छ आधुनिकतावाद उत्तरआधुनिकतावादको जग हो । टेक्ने ठाउँ हो । भर्‍याङ् हो । पहिलो खुड्किलो हो । हुन पनि आधुनिकताको चरम उत्कर्सको अपाच्य अनुभव को टर्राे स्वाद लिन नपाइएको भए यो वादको सायद निर्माण हुने थिएन कि ? केही समालोचकहरू भन्दछन्– उत्तरआधुनिकताको मूल कारक हो –दोस्रो विश्वयुद्धपछि भूमण्डलीकृत हुँदै गएको विश्वअर्थतन्त्र वा वृद्ध पुँजीवाद । यही पुँजीवादी अर्थतन्त्रले व्यक्तिगत स्वन्त्रताको माग अघि सार्‍यो भन्ने कुरा माक्र्ससमेतले भनेका छन् । समाजशास्त्री म्याक्स वेभर ले पनि सोही धारणा अगाडि सारेका छन् । समग्रमा भन्नुपर्दा पुँजीवादी अर्थतन्त्रले मानिसको व्यक्तिगत पहिचान र नागरिक अधिकारको मुद्दा अगाडि सार्छ भन्ने कुरा आधुनिक युगमा प्रष्ट हुन आयो ९द्यचबमभिथ ज्ञढढट० ।
उत्तरआधुनिकतावादीहरू विगतमा भएका प्राय: सवैप्रकारका सिद्धान्त, सभ्यता, विकास र सांस्कृतिको खिल्लि उडाउन चाहन्छन् । यिनीहरूले इतिहासको कुनै महत्व देख्दैनन्, सामाजिक व्यवस्था अतीतलाई बोक्न अनिच्छुक रहेको कुरा यस वादले व्यक्त गर्दछ । यिनीहरू वर्तमानमा निरन्तर रूपमा वाँच्ने इच्छा राख्दछन् । उपभोक्ताको पूँजीवाद, वहुराष्ट्रिय पूँजीवादहरू यसका उदाहरणहरू हुन् । परम्परागत सौन्दर्यशास्त्र र कलालाई यिनीहरू स्वीकार गर्दैनन् । ब्याख्या र विस्तार पनि यिनीहरूलाई मन पर्दैन । त्यसैले यिनीहरूले देश र त्यहाँका जनता तथा तिनका इतिहास, संस्कृति, परम्परा, सामाजिक व्यवस्था, कला, साहित्य आदि सिङ्गो सभ्यताकै अध्ययन विश्लेषणमा नजानिँदो विषयका रूपमा आफ्नो प्रकारले, आफ्नै चश्माले हेरेर दिएको रङ्ग अर्थात व्याख्या, विश्लेषणलाई पुनर्अध्ययन, पुनर्मूल्याङ्कन, पुनस्र्थापना र पुनर्लेखन गर्नुपर्ने स्थितिमा आफूहरूलाई समर्पित वनाए । त्यसैले उनीहरू सम्पूर्ण समस्याहरूको समग्रमा वुझ्ने र समग्रमा नै समाधान खोज्ने एकलवादी सोचाइ ९तयतबष्तिबचष्बल तजष्लपष्लन० राजनीतिक दमनको रूपमा लिदै उत्तरआधुनिकतावदले वहुलवादी ९उगिचबष्कितष्अ० सोचलाई अगाडि सार्ने प्रयास गरेको देखिन्छ । ह्यासन ९ज्बककबल० का शब्दमा भन्ने हो भने उत्तरआधुनिकतावाद विनासको संस्कृतिको एक भाग हो , जसका मूल्य र आदर्शहरूलाई उनले असृजना, विखण्डनता, अनिमार्ण, विकेन्दिृत,्र स्थानान्तरण, फरकता, अनियमिता, अमिलन, अदृश्यता, छुट्याउनु, अवैध आदि रहेका छन् भनेर वेस्ट र केलनर ९द्यभकत बलम प्धििलभच० ले १९९१ म उल्लेख गरेका छन् । आधुनिकतावदका समर्थकहरू उत्तरआधुनिकतावादलाई अराजकतावदको रूपमा हेर्दछन् तर उत्तरआधुतिनकतावादीहरू भने आधुनिकता र यसले लिएको दार्शनिक आधारबाट मानवमुक्ति ९झबलअष्उबतष्यल० को सम्भावना नभएकोले बरु यसले केही सीमित वर्गलाई स्थापित गरी वाँकि बर्गहरूलाई पराधिन बनाएको छ भन्ने आरोप लगाउँछन् ।
आधुनिकताले यो संसार के हो ? मानव के हो ? म को हँु । भन्ने प्रश्नको उत्तरलाई केन्द्र बनाउँदै त्यही केन्द्रका वरिपीर घुमिरहन्छ तर उत्तरआधुनिकता म को हुँ ? को सट्टा मेरो स्थिति वा अवस्था के हो ? हामीका समंष्टि भीडमा म कुन ठाउँमा छु ? भन्ने प्रश्नको उत्तरको खोजी गर्दछ । यसले आधुनिकताको जस्तो कुनै एउटै सत्य र कुनै एउटै मूल्य मात्र अँगाल्दैन । यो संसारको स्वरूप संरचना सधै एउटै प्रकारको रहन्छ भन्ने कुरामा विश्वास राख्दैन । माक्र्सवादका ठूला ठूला ग्रन्थ एवं वृन्तान्तहरू, अल्वर्ट आइन्सटाइन्सको जटिल वैज्ञानिक सोधहरू, सर आइजक न्युटनको गुरुत्वकर्षणसम्बन्धि महत्वपूर्ण खोजहरूलाई कठिन रचना र आमजनताले बुझ्न नसक्ने केवल गोरा छालाभएकाहरूको वर्चस्व भनी कटु आलोचना गर्दछन् । उनीहरूको मान्यताअनुरूप सबै प्रकारका खोजहरू वा अविष्कारहरू, लेख वा रचनाहरू छोटा र स्पष्ट हुनु आवश्याक छ । जनताले नबुझ्ने र लामा लामा वृत्तान्तहरूको कुनै अर्थ नभएको व्यक्त गर्छन् ।
अन्त्यमा म आदरणीय पाठकवर्गहरूलाई उत्तरआधुनिकवादीहरूले आधुनिकवादीहरूलाई कसरी व्यंग्य प्रहार गर्दछन् भन्ने कुराको एउटा बलियो उदाहरण पस्कन अनुमति माग्छु । सन् १९७० को दशकको चर्चित प्रतिस्थापनहरूमध्ये थियो जुडि सिकागोको ँडिनर पार्टर्ी जसमा महान् मानिने पुरुष कलाकारहरूलाई भोज खुवाउनका लागि टेबुलसजाइएको थियो, र त्यस टेबुलमा योनिका आकारका प्लेटहरू राखिएका थिए । यसरी यी नारीवादी कलाकारले पुरुष कलाकार र तिनीहरूका कृतिहरूले महिलाको शरीरको उपभोग गर्ने प्रक्रियाको आलोचना गरेकी थिईन् । यस्ता कृतिहरूले केही हदसम्म ललितकलाको व्यापारीकरण र उपभोक्ता संस्कृतिको विरोध पनि गरे । यसरी उत्तरआधुनीक कलाले आधुनिक कलाको ‘बुर्जुवा’ चरित्रमाथि व्यंग्य गर्‍यो । उत्तरआधुनिक भवननिर्माणकलाका एक धरोहर हुन् अमेरिकी फ्राङ्क लोइड राइट, जसले आधुनिक ‘इन्टरनेसनल’ शैलीका यान्त्रिक र एकनासे आम गृह योजनाहरूको विरोध गरे र अर्धसहरिया जीवन शैलीको वकालत गरे । अमेरिकी राबर्ट भेन्चुरीको लास भेगास सहरको अध्ययनवाट उच्च र नीच भनिएका शैलीहरूमा सैद्धान्तिक समानता ल्याइयो । आजका सबभन्दा चर्चित उत्तरआधुनिक भवननिर्माणकार अमेरिकी फ्राङ्क गेह्रीका भवनहरूको शैलीमा तिनीहरूको विनिर्माणको आभास पाइन्छ । यसरी नै रिचर्ड रोजर्ड र रेन्जो पिआनोको प्यारिस सहरस्थित चर्चित जोज पम्डियु सेन्टरका फलामका खम्बा, पानीका पाइप, भर्‍याङ र सिँढी लुकाउनुको सट्टा बाहिर देख्ने गरी राखेर आधुनिक भवन निर्माणशैलीमा रहेको प्रविधिपूजाप्रति तिखो व्यङ्ग्य प्रहार गरे ।
नयाँ प्रविधिको विकासले गर्दा यसै बेला भिडियोकला पनि स्थापना भयो । सस्तो, सरल र सिनेमाभन्दा धेरै हदसम्म प्रजातान्त्रिक मानिने भिडियो प्रविधिले उत्तरआधुनिककताको विशृङ्खलित मर्मलाई निकै अगाडि वढायो । अझ समलोचक जन बोद्रियार्दको भनाइअनुसार, आम सञ्चारमाध्यमको चित्रणले ‘सही ’ संसारको यथार्थलाई डोर्‍याएको छ । आम सञ्चारमाध्यमको प्रपञ्च नै हाम्रा सत्य हुन् ।आम संस्कृतिमा लोकप्रिय हुँदै आएका ज्याज, ब्लुज, पप, रक र धार्मिक शैलीहरूको पनि ब्रायन इनो र लोरि आन्डरसनजस्ता उत्तरआधुनिक गायकहरूले अनुकरण गनेै थाले । अर्थात् सीमित रेडियोजस्तो आम सञ्चारमाध्यममा प्रस्तुत हुने ‘नीच’ शैलीहरूको उत्तरआधुनिक सङ्गीतमा सम्मिश्रण भयो ।यी मैले यहाँ प्रस्तुत गरेका उदाहरणहरू सन् १९६० र ७० का दशकका पश्चिमी कलाका उत्तरआधुनिक सौन्दर्यशास्त्रीय अभ्यासहरू हुन् । झट्ट हेर्दा उत्तरआधुनिक कलामा ख्यालटट्टाका रमाइला, व्यङ्ग्यात्मक, उरन्ठयाउला चेष्टाहरूमात्रका देखिन्छन् । तर यसको पछाडि आधुनिकताको गम्भीर आलोचना पाईन्छ । त्यसैले उत्तरआधुनिक युगको अर्थ बुझ्न यस समयको सौन्दयशास्त्रतर्फ हेरेर मात्र पुग्देन । बरु वीसौँ शताब्दीका मध्य र अन्त्यकालका दार्शनिक, समालोचक, भाषाशास्त्री, समाजशास्त्री, इतिहासकार र मनोवैज्ञानिकहरूबाट तीव्र रूपमा भइरहेको वहसतर्फ फर्कनुपर्ने हुन्छ । मेरो प्रयास केवल यहाँहरूलाई यसवारेमा कौतुहल जगाउनु हो ।

 

प्रतिक्रिया