निर्देशक समाजको पहलमा सिनेमा लाइब्रेरी

काठमाडौं, ६ माघ । नेपाल चलचित्र निर्देशक समाजमा ‘सिनेमा लाइब्रेरी’ स्थापना हुने भएको छ । निर्देशक समाजको कार्यलय डिल्लीबजारमा ‘सिनेमा लाइब्रेरी’को स्थापना गरिने अध्यक्ष दिनेश डिसीले एक औपचारिक कार्यक्रममा जानकारी दिएका छन् ।
चलचित्र ‘फिटकिरी’को अडियो एल्बमबाट ‘सिनेमा लाइब्रेरी’को शुरवात गर्ने जानकारी दिदैं अध्यक्ष डिसीले एउटै थलोमा नेपाली चलचित्रको संकलन रहोस्, भन्ने ठानेर लाइब्रेरीको सुरुवात गर्न लागेको बताए ।
चलचित्र निर्देशक समाजकै पहलमा गत साताबाट ‘सिनेमा क्लब’ सञ्चालनमा ल्याएका समाजका अध्यक्ष दिनेश डिसीले पहिलो नेपाली चलचित्रदेखि हालसम्म निर्माण भएका चलचित्रहरु लाइब्रेरीमा राखिने बताए । पहिलो नेपाली चलचित्र ‘आमा’ कि ‘सत्य हरिषचन्द्र’, भन्ने विवादको अनुसन्धान सकिएपछि चलचित्रलाई लाइब्रेरीमा राख्न सुरु गरिने अध्यक्ष डिसीले बताए । ‘लाइब्रेरीमा चलचित्रसँगै कलाकारले प्रयोग गर्ने पुराना पोशाक, पूराना क्यामेरा तथा स्क्रिप्टलाई पनि राखिनेछ ।’

प्रतिक्रिया