मल्पीलाई फुटबल उपाधि

Malmi

काठमाडौं, २४ मंसिर । मल्पीले २० औं आयसर–ज्ञान कार्निभलअन्तर्गत ब्वाइज फुटबलको उपाधि जितेको छ ।
खोकनामा भएको फाइनलमा मल्पीले आयोजक ज्ञानोदय इन्टरनेसनल रेसिडेन्सियल स्कुल (जीआईआरएस) लाई २–० गोलले पराजित गर्‍यो । सौगात बानियााले ५० औं मिनेटमा मल्पीलाई १–० को अग्रता दिलाए । ५३ औं मिनेटमा साङ्गे धार्केले मल्पीका लागि दोश्रो गोल थपे । आयोजक ज्ञानोदयका अशोक जोबेगु उत्कृष्ट खेलाडी चुनिए ।
विजेतालाई आयसर इन्डिया लिमिटेडका प्रतिनिधि दीपक थापा, एडिबीका सल्लाहकार कोर्टिस चिन ९ऋयगचतष्क ऋजष्ल० र ज्ञानोदयकी संस्थापक प्रिन्सिपल इन्दिरा याक्थुम्बाले पुरस्कृत गरे । फुटबलमा ८ टिमले प्रतिस्पर्धा गरेका थिए ।
कार्निभलमा फुटबलबाहेक ब्वाइज र गल्र्सको बास्केटबल तथा ब्वाइज भलिबलमा पनि प्रतिस्पर्धा भएको थियो ।
बास्केटबलको ब्वाइजमा एलआरआई र गल्र्समा आयोजक ज्ञानोदय पहिलो भएका थिए । ब्वाइजमा एलआरआईका राज कुावर र गल्र्समा ज्ञानोदयकी गौतम भट्टचन ‘मोस्ट भेलुएबल प्लेयर’ चुनिएका थिए । त्यस्तै ब्वाइज भलिबलको उपाधि दीपज्योतिले उचालेको थियो । दीपज्योतिकै तिलक छन्त्याल उत्कृष्ट खेलाडी घोषित भएका थिए । बास्केटबलको ब्वाइज र गल्र्समा समान १६–१६ तथा भलिबलमा ४ टिमले प्रतिस्पर्धा गरेका थिए ।
९ मंसिरेदेखि सुरु ज्ञान–कानिर्भल नेपाली विद्यालयस्तरीय खेलकुद प्रतियोगिताको पुरानो प्रतियोगिता मध्ये एक हो । (सौस)

प्रतिक्रिया