चितवन : डेगुं रोग पहिचान गर्ने किटको अभाव नभएको जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।
आईतबार कार्यालय परिसरमा आयोजना गरिएको ‘महामारी तथा विपद व्यवस्थापन पुर्व तयारी कार्ययोजना’ गोष्ठिमा बोल्दै जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख केहर सिं गोदारले कार्यालयमा एक हजार भन्दा बढि किट मौज्दात रहेको र काठमाडांैबाट अरु किट आउँदै गरेको जानकारी दिए । गत तिन बर्षमा चितवनमा सबै भन्दा बढि डेगु संक्रमणका बिरामी रहेको जानकारी दिदँै कार्यालयले यस बर्ष चितवनमा दुइसय बाह्र जना र नवलपरासिबाट एकचालिस, मकवानपुरबाट पाँच जना विरामी गरि तिनसय सोह्र जनामा डेंगूको सक्रमण भएको जनाएको छ । तर हालसम्म डेंगुले कसैको मृत्यु नभएको कार्यालयका प्रमुख गोदारले बताए । २०६७ सालमा ९ सय वटा डेंगु केश रहेको थियो । तिन बर्ष पछि पुन डेंगुको समस्या बढेको भेक्टर कन्ट्रोलर राम केसिले बताए । चितवनमा पाईएका दुइ सय बाह्र मध्ये भरतपुर नगरपालिकामा मात्रै एक सय ३६ जनामा डेंगुको लक्षण भेटिएको थियो भने चितवनको पहाडी गाविस कोराक, लोथर, सिद्दि, काउले र दारेचोकमा कोही पनि डेंगु संक्रमित नभएको पाइएको प्रतिबेदनमा उल्लेख छ । गोष्ठिमा बिभिन्न अस्पतालका चिकित्सक सुरक्षा निकायका प्रतिनिधि तथा सरोकारवालको उपस्थिती रहेको थियो ।
प्रतिक्रिया