रेग्मीको अवस्था चिन्ताजनक

Shiva-Regmi-n-His-Wife

काठमाण्डौ, २३ मंसिर । बरिष्ठ चलचित्र निर्देशक शिब रेग्मीको स्वास्थ्य अवस्थामा अत्यन्त चिन्ताजनक रहेको खबर हस्पिटलले जानकारी दिएको छ । बिगत २६ दिनदेखि ‘भेन्टिलेटर’मा रहेका निर्देशक रेग्मीको अवस्था नाजुक रहेको अस्पतालमा उपचारार्थ चिकित्सकले जनाएका छन् ।
दुबै किड्नीले काम नगरेपछि उपचारमा रहेका निर्देशक रेग्मीको अहिले काठमाण्डौको बल्खु स्थित बयोधा अस्पतालमा उपचार भईरहेको छ । आफन्त सहित चलचित्रकर्मिहरु अस्पतालमा निर्देशक रेग्मीको स्वास्थ्यलाभको कामना गर्न आज राति शनिवार बेलुकी पुगेका थिए । निर्देशक रेग्मीका आफन्तजनहरु भेट्न गृहनगर चितवनबाट काठमाण्डौ आएका छन् । बि.स. २०२१ सालमा चितवनमा जन्मेका निर्देशक रेग्मीले चलचित्र ‘आफन्त’बाट निर्देशनमा छिरेका थिए । निर्देशक रेग्मिले सो चलचित्र पश्चात नेपाली चलचित्र क्षेत्रलाई ‘सुख दु :ख, आफ्नो मान्छे, ए मेरो हजुर, उपहार, पाहुना, हामी तीन भाइ, मुग्लान, कहाँ भेटिएला, दुनियाँ, मानिस, साथी म तिम्रो लगायत सफल चलचित्र दिएका छन् । निर्देशक रेग्मीको अझैपनि चलचित्र ‘पराई’, ‘मनले मनलाई छुन्छ’ नामक चलचित्र रिलिजको क्रममा रहेका छन् ।

प्रतिक्रिया