पुष्प व्यवसायमा ५० प्रतिशत अनुदान

चितवन : जिल्ला कृषि विकास कार्यालय चितवनले पुष्प व्यवसाय प्रवद्र्धन कार्यक्रमलाई प्राथमिकता दिने भएको छ ।
जिल्लामा करिब चार हेक्टर क्षेत्रमा पुष्पखेती हुँदै आएकामा यो वर्षदेखि किसानलाई पुष्पखेतीमा आकर्षित गर्न कार्यालयले ५० प्रतिशतसम्म अनुदान दिने जनाएको छ । कृषि विकास कार्यालयले भरतपुरमा बिहीबार आयोजना गरेको अन्तक्र्रियामा बागवानी विकास अधिकृत धनबहादुर थापाले पुष्पखेती विस्तार गर्न कार्यालयले रु पाँच लाख ३४ हजार बजेट छुटयाएको जानकारी दिए ।
चितवनमा डेढ दर्जनभन्दा बढी पुष्प व्यवसायी रहेका छन् । नेपालको एक ३५ हेक्टर क्षेत्रफलमा पुष्पखेती गरिादै आएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । ९० प्रतिशतभन्दा बढी मौसमी फूलको बीउको आयात गर्नुपर्ने अवस्था छ । व्यवसाय प्रवद्र्धन गर्न अनुसन्धान, बीउ उत्पादन र प्रविधि विकास गर्न आवश्यक रहेको पुष्प विकास केन्द्र गोदावरीका डा. योगेशहरि श्रेष्ठले बताए । वार्षिक नौ करोड बराबरको फूल उत्पादन हुने गरेकैले किसानले पुष्पखेतीबाट अर्थाेपार्जन गर्न सक्ने प्रशस्तै सम्भावना रहेको छ । (सौस)

प्रतिक्रिया