मुद्दा पराजित भएको छैन

नेपालमा नहुनु पर्ने संविधानसभाको दोस्रो पटकको निर्वाचन पनि सम्पन्न भइसकेको छ । विगत संविधानसभाले नेपाली जनतालाई संविधान दिन नसकेपछि दोस्रो निर्वाचन सम्पन्न भएको हो । वास्तवमा नेपालका दलहरूले दुई वर्षको अवधि थप गरी संविधानसभाबाट नेपाली जनतालाई नयाँ संविधान दिन नसकिएकै हो । दलहरू आफँैलाई लाज लाग्नु पर्ने हो । दोस्रोपटकको संविधानसभाले जनतालाई संविधान दिन्छ कि भन्ने सोचेर नै निर्वाचन सम्पन्न भएको हो । यो निर्वाचन विवाद रहित हुन सकेन । जालझेलबाट मत गनणा थपघट भयो भन्ने एउटा भनाई आएको छ भने पवित्र ढंगले निर्वाचन सम्पन्न भएको छ भन्ने कुरो पनि चर्चामा रहेकै छ । यस भन्दा पनि भिन्न विषय एउटा पत्रपत्रिकामा साताभसर लगातार यो कुरो आइरहेको छ की एजेण्डाले हार खान हारखाई सक्यो । अव असल हुन्छ ।
नेपालमा उच्च जातीय अहंकारीहरू वहुपचिानको संघीयता भनिरहेका छन् भने स्थानीय जातीय अहंकारीहरू एकल पहिचानसहितको संघीयताबारे जिकर गरिरहेकै छन् । यी जिकरहरूबाट हामी के बुझ्छै भने जातीय समस्या नेपालमा विद्यमान छ । हामी माक्र्सवादी, लेनिनवादीहरू भने एकल वहुल पहिचानको कुरा होइन । ऐतिहासिक पहिचानको आधारमा जातिगत रूपमा उत्पन्न गराइएका साथै उत्पादित जातीय समस्या र उत्पीडनलाई समाधान दिनुपर्छ भन्ने हाम्रो एजेन्डा हो । यो एजेन्डा कसरी परास्त हुन सक्छ ? कुनै पनि समस्याहरूको निदान भइसकेपछि मात्र कुनै पनि एजेन्डाको अर्थ जीवित समाजमा रहन सक्दैन । नेपालमा जातीगत रूपमा आदिवासी जनजातिहरूको समस्या जटिल आधारमा खडा भएको छ । यसको निकासका निम्ति आजसम्म वैज्ञानिक ठोस उपाय नै औल्याएको देखिन्न । संघीय राज्यको संख्याको आधारमा निकारकरण गर्न सकिन्छ भन्ने जुन हो हल्ला मच्चाइरहेको छ यो कुरा एकदमै गलत छ । गलत यो अर्थमा की जातिहरूको के–के समस्या छन् । आफैभित्र प्रदुर्भाव भएको र विगतका राज्य शासन व्यवस्थाले उपन्न गराएका उत्पीडन दमन र समस्याहरूलाई निदान गर्ने कुरा प्रमुख कुरा हुन् ? तर, ११ राज्य, १५ राज्य, ७ राज्यबाट समस्या समाधान हुन्छ भने चिरचाड गर्नु राजनीतिक बालापन मात्र हो । यही बालापन आज नेपाली छापाहरूमा, रेडियोहरूमा, टेलिभिजनहरूमा छ्याप्छ्याप्ती हुन गएको छ । यो साह्रै कुरिकुरीको विषय मात्र होइन कि पञ्चायतकालको धरान नगरीको दुइटा पागल केटाहरूको यर्थात् पागलपन मात्र हुन जान्छ । त्यसकारण यस्ता अनरगल प्रचार गर्नु राष्ट्रलाई अनिष्ट कालो ढोकातर्फ ढकेल्नु मात्र हो किनभने ढाकछोपका प्रचारबाजीले आजका नेपाली जनताका कुनै पनि समस्याहरू समाधान हुन सक्दैन ।
हाम्रो देशमा वर्गीय, लैंगीक र क्षेत्रीय समस्यलाई छुट्याएर नेपालको यर्थात जातीय समस्यालाई मात्र एक दुई हरफमा चर्चा गर्न उचित ठान्छु । नेपालमा जातीगत रूपमा दुई खालको समस्या छन् एउटा कपिसियन नसलभित्र कै सामाजिक दसा अर्काे हो भिन्न नसलविचको दसा । यीनै दुई खालको समस्याहरूलाई उचित ढंगले अर्थात माक्र्सवादी ढंगले जवसम्मा निदान दिन दलहरू ऋगाडी वढ्दैन तवसम्म जातीय भड्काव बाजीमा माथि भनिएका दुई खालको जातीवादी तत्वहरू यो समाजमा सक्रिय रहनेछन् । सक्रियताको सवुत प्रमाणहरू त यो दोस्रो संविधानसभाको सम्पन्न निर्वाचनमा प्रत्यक्ष प्रकट भएको छ । यथास्थितिवादीहरू र प्रतिगमनकारी तत्वहरू मिलेर नेपाली समाजमा चुनावी यस्ता नाराहरूनै लगाउन चुकेन । पहाडी भेगका अबोध जनताहरूलाई यसो भनियो– एक भोट भाईलाई एक भोट गाइलाई अनि तराई भेगमा यसो पनि भनियो एक भोट गाछिमे एक बाछिमे । ललितपुरको झरुवाराशी गाउँमा यस्तो घटना घट्यो । ए बाबु हाकीम † सुर्यमा त भोट हाले अव देखाउनुस् न गाई चिन्ह कहाँ छ ? यो गजवको मतदान थियो । नेपालका कांग्रेस कम्नीस्ट भनाउने मित्रहरू नेपाली जनताप्रति घात प्रतिघात कसरी गरिरहेका छन् ? कांग्रेस एमालेका नेता कार्यकर्ता यस्ता विषयमाथि जनतमा प्रचार नगरेको भए झरुवा राशी गाउँमा यो अच्चमाको मतदान कसरी हुन गयो ? त्यस कारण कसैले पनि चुरीफुरी गर्न आवश्यक छैन बोक्रे धाक दिन पनि जरुरीहुदैन । मानव इतिहास सवैले पढेकै छौ बुझन चाही अव अति जरुरी भइसकेको छ । यसको निमित्त धेरै किताव पढ्न आवश्यक छैन । रसुवा झैवुङ्ग गाउँ पढ्न जाउ । सिन्धुपाल्चोकको गुम्वा गाउँ पढ्न जाउ । हिमाल पत्रिकामा प्रकाशित डा. ढुगेलको छोटो लेख पढौ । थप सहयोगको लागि धेरै किताव पढेर लाटो देसको गाडा तन्नेरी वन्न पदैन डा. जे.पी. सिंहका प्राचीन भारतका किरातीहरू र महेश चन्द्र रेग्मीको इतिहास पढे काफी छ । त्यस कारण एजेण्डाले हार खाएको हो कि नेपालमा कथित नेतागण र विद्धानहरू हार खाएका हुन यो चाँही समय परिस्थितिमा उचित जवाफ प्राप्त हुनेनै छ ।
बर्षौ अघि देखि भाषामाथीको एकाधिकार, धर्ममाथिको दमन र जातको आधारमा जेनोसाइड भएको विषय पथित नेतागण र कथित विद्धानहरूलाई थाहा हुनु पर्ने नै हो । अरु तिरको कुरा छारै चितवन जिल्लामा अतिवादीहरूले गुम्वा भत्काएको थाहा नै हुनु पर्ने हो । सहिसष्नुताको नाममा अरु धर्ममाथि भौतिक रूपमा धावा बोल्न कुन धर्मग्रन्थमा उल्लेख छ । त्रिपिटकमा, गीतामा, वाइवलमा, कुरानमा र किरात मुन्धुम धर्मग्रन्थमा । कहाँ छ अरु जाती धर्मलम्वीलाई वलत दमन गर्ने विषय र वुदाहरू । सवै धर्मग्रन्थको सार हो – पापायम् परपिडनम्: । तर दोस्रो संविधानसभाको चुनावमा आफुलाई वलदलोकतन्त्रवादी ठान्ने मित्रहरूले माथि उल्लेखित नारा उरालिएका थिए । जुन लोकतन्त्र विरोधी थियो । नेपाललाई जवरजस्त प्रतिगमनतिर धकेल्न पर्यात्न गरियो । फलश्वरूप २२,२३ स्थान दोस्रो संविधानसभामा रापरापा नेपाललाई स्थान दिलाउन सफल भएका छन् । धन्य हो ति मित्रवानहरू । तर थाहा पाउन पर्ने विषय के छ भने यो राष्ट्र हरेक क्षेत्रमाथि ढलीमली गर्ने मानव जातीको मात्र होइन यस्ता कुरा ९०प्रतिशत स्वीकार गर्ने वाला छैनन् । त्यसकारण संघियता सम्वन्धी विशेष एजेण्डा अरु प्रकाशमय भएर विश्वसामु अगाडी आएका छ ।
अहिले भएको संविधानसभा निर्वाचनमा एनेकपा (माओवादी) मतगनणामा तेस्रो स्थानमा देखिएको छ । यो विषय दुइटै पक्ष हो देखाइएको पनि हो र देखिएको पनि हो । भन्नुको तात्पर्य एनेकपा –माओवादी) आफनै आन्तरिक कार्यले पनि यो अवस्थामा देखिएको हो भने एकघण्टाको बाटोलाई २ दिन लगाएर पाटी प्रतिनिधिविहिन अवस्थामा मत पेटिकालाई अध्यारो कोठामा राखिनु पनि यो एउटा बुर्जुवा चुनावी चटकी नै थियो । किनभने नेपालको सैन्य हाकिमहरू नेपाली सेना भइसकेको छैन । उनीहरूमा शाही हाकिमको अरु तिव्र रूपमा दिलदिमागमा मच्चीरहेको अवस्य हुनु पर्दछ । यो एउटा संकाजनक चुनावी धादलीको नमुना हो । नेपाली सैनिक जवानहरूलाई दोस दिने कुनै ठाउँ छैन । कारण सैन्य शक्ति आज्ञा पालक हुनु पर्दछ । बोल्ने काम कदापी गर्न हुदैन । त्यसै कारण यो निर्वाचन धादली रहित भएको छ भनी प्रचारवाजी गर्न अधिकार निर्वाचन आयोगलाई सुरक्षित नै छ । तर पनि यी शंकाजनक चुनावी गतिविधिलाई छानविन आयोगबाट जनसमक्ष ल्याउनु पर्दछ भन्ने मात्र हाम्रो जिकर हो । यसमा घोषित हाम्रो एजेण्डाहरू जनताद्धारा परास्त गरिए भने जुन गलत प्रचार वाजी भइरको छ र जुन माथि भनिएको विषय वस्तुलाई गम्भीरतापुर्वक आत्मासात गरौ मनपरी भाषण र लेखन कार्यगर्न आजै देखि वन्द गरौ । यसैमा हाम्रो कल्याण छ ।

प्रतिक्रिया