कालिकोटका अधिकांश कार्यालय प्रमुख घर बिदामा

कालिकोट २३ मंसिर । कालिकोटका अधिकांश सरकारी कार्यालयका प्रमूखहरु घर बिदामा बसेका कारण प्रशासनिक काम प्रभावित भएका छन् ।
गत मंसिर ४ गतेको दोस्रो संविधानसभा निर्वाचनका कारण दशैं विदा समेत लिन नपाएका कर्मचारीहरु निर्वाचन सकिय पश्चात धमाधम घर विदामा जाँदा यस्तो समस्या देखिएको हो ।
जिल्लाका महत्वपूर्ण कार्यालयहरु जिल्ला प्रशासन कार्यालय, जिल्ला विकास समिति, जिल्ला कृर्षि, जिल्ला प्रहरी, मालपोतलगायतका महत्वपूर्ण कार्यालयका कार्यालय प्रमूखहरु जिल्लामा छैनन् । कतिपय कार्यालयहरुमा सुब्बा, खरिदार तहका कर्मचारीहरु निमित्त प्रमूख भएर कार्यालयको दैनिक काम कारबाही चलाईरहेका छन् ।
जिल्ला प्रशासन कार्यालय कालिकोटका प्रमूख जिल्ला अधिकारी किशोरकुमार चौधरीले आफु कार्यालयको कामको शीलशिलामा काठमाडौं गएको बताए । उनले कार्यालयको काम सकियपछि मात्र मंसिरको अन्तिम तिर जिल्ला फर्कने जानकारी दिए । आफुले प्रशासनबाट हुने कामहरु प्रभावीत नहुने गरी काठ्माडौं आएको उनको भनाई रहेको थियो । यसरी जिल्लाका मुख्य–मुख्य कार्यालयहरु कार्यालय प्रमूख विहिन हुदाँ दैनिक कार्यहरुसमेत प्रभावित भएका छन् ।

प्रतिक्रिया