गजल

Padma-Linkha

दुखाउन गाली गर्छौ, लाग्छ मीठो गीतजस्तो
तिरस्कार गर्न खोज्छौ, ठान्छु गाढा प्रीतजस्तो

सारा खुसी देख्ने गर्छु, तिमीभित्रै मेरो पनि
हार्छु जति तिमीबाट, लाग्छ मेरै जितजस्तो

रुवाऊ मलाई जति सक्छौ, आनन्द नै लिन्छु मनमा
तिम्रो सामु आँसु झार्दा, लाग्छ जूनको शीतजस्तो

जन्मजातले नारी परें, अधिकार जमाऊ ममा
देख्दै आ’छु सानैबाट, यस्तै होला रीतजस्तो

प्रतिक्रिया