पाँचथर : दोस्रो संविधान सभा सदस्यको निर्वाचनमा नेपाली कांग्रेस समानुपातिक तर्फकी उम्मेदवार कृष्ण कुमारी खतिवडालाई कांग्रेस फलैँचा गाँउ कार्य समितिले कारवाहिको सिफारिस गरेको छ ।
खतिवडाले व्यक्तिगत रुपमा भोट मागेकाले प्रत्यक्ष तर्फका क्षेत्र नं १ का उम्मेदवार नरेन्द्रकुमार केरुङ पराजित हुनपरेको भन्दै कारवाहिको सिफारिस गरेको हो । गाँउ समितिले खतिवडाको कारवाहिका लागि क्षेत्रिय समितिमा सिफारिस गरेको छ । क्षेत्रिय सभापति समरबहादुर अधिकारीका अनुसार विना प्रमाण कसैलाई पनि कारबाही नगर्ने भन्दै कारबाहि प्रक्रियामा चासो नदिएको बताए । बिना प्रमाण पार्टीका नेतालाई कारबाही गर्दा संगठन सिद्धिने ठहर गर्दै क्षेत्रले कारवाहिमा चासो नदिएको अधिकारिको भनाई छ । पार्टीका नेता कार्यकर्ताको असहयोगका कारण आफू पराजित हुनुपरेको भन्दै सभापति केरुङ एक पछि अर्को नेतालाई पार्टीबाट निश्कासन गर्ने तयारीमा छन् । नाम खुलाउन नचाहने एक गाँउ सभापतिका अनुसार जिल्ला सभापतिको दवावका कारण विना प्रमाण गाउँ समितिले विभिन्न नेताको नाम कारबाहिका लागि सिफारिस गरेको छ ।
जिल्ला सचिव हरिराज आङ्देम्बेका अनुसार गाँउ समितिले सिफारिस गरेका सबै अन्तरघाति नेतालाई प्रक्रिया पुर्याएर पार्टीले कारबाहि गर्ने भएको छ । यसअघि अन्तरघात गरेको आरोपमा जिल्ला सदस्य जयप्रसाद रिजाललाई जिल्ला समितिबाट निश्कासन गरिएको छ भने महासमिति सदस्य सुरेन्द्र तिमल्सेना र आमन्त्रित जिल्ला सदस्य लक्ष्मी तावालाई गााउ समितिले कारबाहिको सिफारिस गरेको छ । (सौस)
प्रतिक्रिया