भक्तपुर : कटुञ्जे निवासी दुर्दम थापाले आफ्नो निजी खर्चमा बनाइएका विभिन्न मूर्ति काभ्रेपलाञ्चोक चण्डेनी मण्डन– १ आापघारी ज्वानेटारस्थित कृष्ण मन्दिरलाई प्रदान गरेका छन् ।
भर्खरै निर्माण भएको उक्त मन्दिरमा मूर्ति नभएपछि थापाले मूर्ति प्रदान गरेका हुन् । एक लाख २० हजार खर्च गरी कालीगढ सानुभाइ विश्वकर्मालाई विभिन्न देवीदेवताका मूर्ति बनाउन लगाएको उनले जानकारी गराए । विशेष गरी शिवलिंग, बसाहा, राधाकृष्णको पूर्णकदको मूर्ति, रक्ताम्बरम गणेश, गणेश, महादेवको मूर्ति र घन्टा तथा टायल प्रदान गरिएको छ ।
मन्दिर बने पनिमन्दिरमा मूर्ति नभएको थाहा पाएपछि थापाले आफौले मन्दिरलाई आवश्यक विभिन्न मूिर्त बनाउन लगाएर मन्दिर व्यवस्थापन समितिका अध्यक्ष बालकृष्ण नेपाललाई हस्तान्तरण गरेको बताए ।
प्रतिक्रिया