रोजगार विभागका कर्मचारीविरुद्ध मुद्दा

काठमाडौ, २२ मंसिर । सरकारी कागजातमा व्यहोरा थपघट गरेको अभियोगमा वैदेशिक रोजगार विभागका दुईजना कर्मचारीबिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडांैमा मुद्दा दायर गरेको छ ।

विभागका निर्देशक रमेशप्रसाद मैनाली र कम्प्युटर अपरेटर पप्पुकुमार साहले सरकारी कागजातहरूमा दोहोरो अर्थ लाग्ने गलत विवरण लेखी/ लेखाई श्रम स्वीकृति (स्टिकर) प्रदान गरेकाले उनीहरूलाई भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार सजायको माग गर्दै आयोगले शुक्रबार मुद्दा दायर गरेको हो ।
अभियुक्तद्वयले रीत पुगेका कागजातमा गलत विवरण लेखेको आयोगको अनुसन्धानबाट खुलेकाले प्रमाणसहित मुद्दा दायर गरिएको जनाइएको छ ।

प्रतिक्रिया