काठमाडौ, २१ मंसिर । साहित्यको धेरै विधा मध्ये बाल साहित्यपनि पछिल्लो समयमा विस्तारै फस्टाउदै गईरहेको छ । बाल साहित्यकारहरु मात्र पछिल्लो समयमा बढेका छैनन्, त्यति नै मात्रामा बाल साहित्यका पुस्तकहरुपनि प्रकाशन हुनै आईरहेको छ । यस्तै क्रममा गत बुधवार कालिकास्थान स्थित सर्वनाम थिएटरमा बाल पुस्तक विमोचन भएको छ । त्यो पनि चार वटा पुस्तकलाई चार भाषाबाट निकालि जम्मा १६ वटा पुस्तक एकैचोटि विमोचन भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि तथा बाल साहित्यकार कृष्णदिप पराजुली, साहित्यकार दुर्गालाल श्रेष्ठ, सास्वत पराजुली लगायतले ४ वटा पुस्करलाई, चार भाषाबाट पालैपालो गरी विमोचन गरिएको थियो । नेपाली भाषाबाट ‘मितेरी मनकी दुस्सी पो पो’ बाल साहित्य पुस्तकलाई श्रद्धा श्रेष्ठले लेखेका हुन्, भने ‘मेरो घर खोई ?’ पुस्तकलाईपनि श्रद्धा श्रेष्ठले नै लेखेका हुन् । त्यस्तै अर्का पुस्तक ‘मह बेच्ने भालु’ पुस्तकलाई शाश्वत पराजुलिले लेखेका हुन्, भने ‘सब भए खुसी’ पुस्तकलाई कृष्णदिप सिक्देलले लेखेका हुन् । यि सबै पुस्तक चार भाषा नेपाली, नेवारी, ईङ्लिस र मैथेली भाषामा रहेका छन् ।
विमोचन समारोहमा पुस्तक विमाचनपछि बोल्दै बाल साहित्यकार कृष्णदिप पराजुलीले बालबालीकाहरु एक भगवान् भएको व्याख्या गरे । त्यहि भगवान्को निम्ति साहित्य सृजना गर्ने बाल साहित्यकारहरु राम्रो अभिभावक र राम्रो साहित्यकार रहेको बताए । साहित्यमापनि बाल साहित्यमा कलम चलाउने साहित्यकारहरु धेरै राम्रो साहित्यकार रहेको कार्यक्रममा बोल्दै बाल साहित्यकार पराजुलीले बताए । नेपाली बाल साहित्यले करिव एक सताप्दि पार गरेकोपनि बताउदै पराजुलीले भने–‘यति राम्रो बाल साहित्य पुस्तक विमोचन कार्यक्रममा बालबालिकाहरुलाईपनि ल्याएको भए अझ राम्रो हुने थियो ।’ त्यस्तै अर्का साहित्यकार दुर्गालाल श्रेष्ठलेपनि आफु बाल साहित्यकार नै रहेको आफुलाई प्रश्ट्याए । अवको समय सबै बाल साहित्यमा खर्चिनेपनि श्रेष्ठले कार्यक्रममा बताए ।
प्रतिक्रिया