इलाम : जिल्ला स्वास्थ्य कार्यालयले दसौँ महिला स्वास्थ्य स्वयम्सेविका दिवसको अवसरमा सामाजिक क्षेत्रमा योगदान पुर्याउने १ सय ७२ महिला स्वास्थ्य स्वयम्सेविकालाई सम्मान गरेको छ ।
विहिबार आयोजित कार्यक्रममा प्याङ, बरबोटे, इलाम नगरपालिका, चिसापानी, महमाई र सुम्वेकका स्वम्यसेविकालाई सम्मान गरेको हो । त्यस्तै जिल्लाका मङ्गलबारे र फिक्कलमा समेत सम्मान कार्यक्रम आयोजना गरी त्यस क्षेत्रका महिला स्वास्थ्य स्वयम्सेविकालाई सम्मान गरिएको छ ।
बाल मृत्युदर र मातृ मृत्युदर घटाई सहश्राब्दी विकास लक्ष्य प्राप्त गर्न सहयोग पुर्याएको भन्दै सरकारले प्रत्येक वर्ष महिला स्वास्थ्य स्वयम्सेविकालाई सम्मान गर्ने गरेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख राजकुमार पोखरेलले जानकारी गराए । (सौस)
प्रतिक्रिया