महिला प्रतिनिधित्व बढाउन माग

काठमाडौं, २० मंसिर । संविधानभामा निर्वाचनमा महिलाको संख्या अत्यन्त कम भएको निष्कर्ष निकाल्दै विभिन्न दलका महिला नेताहरुले समानुपातिकतर्फ उम्मेदवार छान्ने क्रममा महिलालाई विशेष प्राथमिकता दिन आग्रह गरेका छन् । उनीहरुले आगामी संविधानसभामा उल्लेख्य संख्यामा महिलाको प्रतिनिधित्व गराउन पनि माग गरेका छन् ।

समानुपातिकतर्फ सिफारिस गर्दा थप १० प्रतिशत महिला छान्नु पर्ने उनीहरुको भनाई छ । बुधवार राजधानीमा पत्रकार सम्मेलन गर्दै अन्तर पार्टी महिला सञ्जालले समानुपातिकतर्फबाट एक सिट प्राप्त गर्ने दलले अनिवार्य महिला पठाउनुपर्ने, विजोर संख्यामा सिट प्राप्त गर्ने दलले महिला निर्वाचित गर्नु पर्ने र सरकारबाट मनोनित हुने २६ सिटमा ५० प्रतिशत महिला हुनु पर्ने माग उनीहरुको छ । आफनो माग सम्बोधन नभए आन्दोलन गर्ने चेतावनी समेत उनीहरुले दिएका छन् ।
संविधानसभाको निर्वाचनमा प्रत्यक्षतर्फ महिलामाथी बेइमानी भएको आरोप पनि उनीहरुले लगाएका छन् । पटक पटक दल र सरकारको ध्यानाकर्षण गराए पनि त्यसको वेवास्त गरिएकोले अव आन्दोलनमा जानु पर्ने अवस्था आएको पनि उनीहरुको तर्क थियो ।

प्रतिक्रिया