लैंगिक हिंसाविरुद्धको अभियानमा ‘झोला’ प्रदर्शन

jhola.jpgMahila-Himsa-Jholaकाठमाडौं, १९ मंसिर । लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानको सन्दर्भ पारेर जोन्टा क्लब काठमाडांैले सोमबार राजधानीको कुमारी हलमा चलचित्र ‘झोला’ प्रदर्शन गरेको थियो । चलचित्र हेरेर अधिकांश दर्शक भावुक भएका थिए भने त कोही आँखामा आँसु पुछिरहेका थिए ।

सतीप्रथा र महिला हिंसालाई मुख्य विषय बनाएर साहित्यकार कृष्ण धराबासीले कथालाई चलचित्रको रूप दिइएको ‘झोला’ हेर्ने सबैले मनपरेको प्रतिक्रिया दिएको बताए । चलचित्रमा सय वर्ष पुरानो सतीप्रथाको कुरूपता पछिल्लो समयममा हराए पनि महिलाहिंसा अझै यथावत् रहेकाले समाज परिवर्तनमा चलचित्रले ठूलो भूमिका खेल्ने भएकाले चलचित्र ‘झोला’ प्रदर्शन गरिएको जोन्टा अध्यक्ष प्रमिला आचार्यले बताएकी छन् । चलचित्र हेर्न सरकारी निकायदेखि विभिन्न उच्चपदस्त तहतप्कामा व्यक्तिको उपस्थिति रहेको थियो ।
डेढ घन्टाजतिको चलचित्रमा सती गए पूण्य कमाइन्छ भन्ने अन्धविश्वासमा धेरै नारीले अकालमै ज्यान गुमाउनु परेको र त्यो प्रथा सामाजिक अन्यायविरुद्ध रहेको देखाउन खोजिएको छ । अभिनेत्री गरिमा पन्त, लक्ष्मी गिरी, प्रल्हाद खतिवडा, देशभक्त खनाल, दीपक क्षेत्री, सुजल नेपाललगायतको अभिनय रहेको चलचित्रमा राजकुमार तिमल्सिना, रामगोपाल थापा, सुशील शाहको निर्माण रहेको छ । चलचित्रलाई यादवकुमार भट्टराईले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया