एक हजारले घट्यो सुन

goldकाठमाडौं : नेपाली बजारमा छापावाला सुनको मूल्य सोमबारको तुलनामा मंगलबार एक हजारले कमी ५२ हजार ७ मा कारोबार भएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य सस्तो भएकाले नेपालमा पनि मूल्य केही घटेको हो ।
अन्तर्राष्ट्रिय बजारमा मौज्दातमा रहेको धेरै परिमाणको सुन फिर्ता भएका कारण सुनको मूल्य ओरालो लागेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अध्यक्ष मणिरत्न शाक्यले बताए । अहिले विवाह तथा व्रतबन्धलगायतका शुभकार्यको समय रहेकाले सुनको मूल्यमा कमी आउदा उपभोक्ता लाभान्वित हुने र कारोबारमा पनि वृद्धि आउने उनले बताए । अन्तर्राष्ट्रिय बजारमा अघिल्लो दिन सुन प्रतिऔस एक हजार दूई सय ४७ अमेरिकी डलर रहेकामा मंगलबार २७ डलरले कमी भई एक हजार दुई सय २० कायम भएको छ ।
त्यसैगरी तेजावी सुनको मूल्य मंगलबार प्रतितोला ५२ हजार चार सय ५० कायम भई कारोबार भएको छ । सोको मूल्य अघिल्लो दिन ५३ हजार चार सय ५० रहेको थियो । त्यस्तै असली चाँदीमा अघिल्लो दिनको तुलनामा २५ ले कमी भई प्रतितोला आठ सय ३५ कायम भएको छ । (सौस)

प्रतिक्रिया