प्युठान : महिला हिंसाविरुद्धको अभियान चलिरहेकै बेला प्यूठानमा दुई बालिका बलात्कृत भएका छन् ।
सोमबार बेलुका बालिकामाथि बलात्कार गरेको अभियोगमा प्यूठान तुषारा ४ का २५ वर्षिय खड्क बहादुर सुनारलाई प्रहरीले पक्राउ गरेको छ । आरोपित २० वर्षिय सुवास सुनार भने फरार रहेको प्रहरीको भनाई छ । १३ र १४ वर्षका दुई बालिकालाई स्थानीय छिपछिपे जंगलमा खोटो संकलनमा गएको बोला मदिरा सेवन गरेका दुई व्यक्तिले बलात्कार गरेको पिडित पक्षले जनाएको छ । घटनाको थप अनुसन्धानको काम भैरहेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।
प्रतिक्रिया