१७ उम्मेदवारको धरौटी जफत

कालिकोट : जिल्ला निर्वाचन कार्यालय कालिकोटले प्रत्यक्ष तर्फ कालिकोटमा सहभागी भएका १९ दल र एक स्वतन्त्र उम्मेद्वार गरी २० जना मध्य १७ उम्मेद्वारहरूको धरौटी जफत हुने जानकारी दिएको छ ।
जिल्ला निर्वाचन कार्यालय कालिकोटका प्रमूख विकासचन्द्र शर्माले जिल्लामा प्रत्यक्ष तर्फ सहभागी भएका राजनीतिक दलहरूका उम्मेद्वारले कुल सदर मतको १० प्रतिशत मत नल्याएमा उनीहरूको धरौटी जफत हुने जानकारी गराए । उनका अनुसार दोस्रो संबिधानसभा निर्वाचनमा प्रत्यक्ष तर्फ सदर भएका ३९ हजार ६ सय ३९ मतको १० प्रतिशत मत नल्याउने १६ राजनीतिकदल र एक स्वतन्त्र उम्मेद्वार गरी १७ जना उम्मेद्वारहरूको धरौटी जफत हुने भएको हो । निर्वाचन कार्यालयका अनुसार धरौटी जफत हुनेहरूमा राष्ट्रिय प्रजातन्त्र पार्टीका घनबहादुर बुढाले ३ हजार ३ सय ८४, नेपाल मजदुर किसान पार्टीका नवराज कोइरालाले १ हजार ९ सय १२, राष्ट्रिय जनमोर्चाका जयकृष्ण संज्यालले ४ सय २०, मधेसी जनअधिकार फोरमका शिवलाल रोकायले ३ सय २६, नेपाली जनता पार्टीका नेत्रबहादुर शाहीले २ सय ५५, नेपाल परिवार दलका परेकबहादुर शाहीले २ सय १२, समाजवादी जनता दलका धिरबहादुर शाहीले २ सय १२, राष्ट्रिय स्वाभिमान पार्टी नेपालका बालासिंह सावदले १ सय ७६, राप्रपा नेपालका गोरखबहादुर बमले १ सय ४४, संघिय गणतान्त्रीक समाजवादी पार्टीका मानबहादुर शाहीले ९३, संघिय समाजवादी पार्टी नेपालका धर्म दमाईले ८०, राष्ट्रिय जनमूक्ति पार्टीका केशवराज बिष्टले ५८, तराई मधेस सदभावना पार्टी नेपालका नरेन्द्रबहादुर शाहीले ५७, चुरेभावर राष्ट्रिय एकता पार्टीका दलबहादुर शाहीले ५२, सयुक्त राष्ट्रिवादी मोर्चाका जनक कामीले ४५, अखण्ड नेपालका मिनबहादुर शाहीले ३८ र एब स्वतन्त्र मानबहादुर बमले ३६ मत प्राप्त गरेका थिए ।

प्रतिक्रिया