राष्ट्रपति र उपराष्ट्रपति परिवर्तन : खनाल

काठमाडौं, १८ मंसिर । एमाले अध्यक्ष झलनाथ खनालले संविधानसभाको नयाँ जनादेशबाट राष्ट्रपति र उपराष्ट्रपति परिवर्तन गर्नु पर्ने बताएका छन् ।
पार्टी मुख्यालय बल्खुमा आज (मंगलबार) पत्रकारसँग कुरा गर्दै खनालले चुनावले पुन: संरचना गर्दै अघि बढ्ने जनादेश दलहरुलाई दिएको बताए । ‘जनादेश पुन: संरचनासहित अघि बढ्ने छ,’ उनले भने, ‘हालका राष्ट्रपति र उपराष्ट्रपति पनि परिवर्तन गर्नु पर्छ ।’
उनले सबैभन्दा ठूलो दल बनेको कांग्रेसले नयाँ जनादेशलाई आत्मसाथ गर्नु पर्ने बताए । ‘कांग्रेस ठूलो दल हो,’ उनले भने, ‘जनादेशलाई आत्मसाथ गरेर सबैलाई मिलाई अघि बढ्नु पर्छ ।’

प्रतिक्रिया