कुनै राजनीतिक भेटघाट भएन : दाहाल

Puspakamal-Dahalकाठमाडौं, १५ मंसिर । एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले भारत जानेबित्तिकै अन्यथा लिन नहुने बताएका छन् ।

त्रिभुवन विमानस्थलमा आज (शनिबार) पत्रकारसँग कुरागर्दै दाहालले भारत जानेबित्तिकै आशंका गर्न नहुने बताए । ‘भारत जाँदैमा अन्यथा लिनु हुँदैन,’ उनले भने, ‘विमारी छोरी भेट्न दिल्ली गएको हुँ ।’

दुईरातको दिल्ली बसाई पछि अध्यक्ष दाहाल आजै स्वदेश फिर्ता भएका छन् । पत्नी सीता, छोरा प्रकाश र सहयोगीका साथ दाहाल बिहीबार दिल्ली गएका थिए ।

अध्यक्ष दाहालले आफ्नो दिल्ली भ्रमणलाई नितान्त पारिवारिक र व्यक्तिगत रहेको दोहर्‍याए । ‘कुनै राजनीतिक भेटघाट भएन,’ उनले भने, ‘छोरीको स्वास्थ्यस्थिति बुझ्न भारत गएको हुँ ।’

प्रतिक्रिया