जनताले कुरा राम्रोसँग बुझेनन् : भट्टराई

Baburam-Bhattaraiबुटवल, १५ मंसिर । एकीकृत एमाओवादीका नेता बाबुराम भट्टराईले परिवर्तन संस्थागन गर्नमा भएको ढिलाइ भएका कारण निर्वाचनमा पराजित भएको टिप्पणी गरेका छन् ।

क्रान्तिकारी पत्रकार संघले आज (शुनिबार) बुटवलमा गरेको पत्रकार भेटघाट कार्यक्रममा भट्टराईले एमाओवादीको हार परिवर्तन संस्थागत गर्न नसक्नु रहेको दोहर्‍याए । ‘एकातिर संक्रमणकाल लम्बियो,’ उनले भने, ‘अर्कोतिर परिवर्तन संस्थागत गर्न ढिलो भयो ।’

उनले जनतामा क्रान्तिको राप र ताप सेलाएको मौका छोपेर प्रतिगामी र यथास्थितिवादी शक्ति अगाडि बढेको आरोप लगाए । एमाओवादी हारेकामा खुसी नमनाउन भट्टराईले आग्रह गरे ।

‘यथास्थितिवादी र प्रतिगामी शक्तिको पुनरोदय हेर्दा संविधानसभाबाट जनपक्षीय संविधान बन्न सक्दैन,’ उनले भने ।

कांग्रेस–एमालेसहितका दलले संविधानसभामा संसदको नियमित चुनावमा जस्तै गरी भोट मागेको भन्दै भट्टराईले जनताले पनि कुरा बुझ्न नसकेको आरोप लगाए ।

प्रतिक्रिया