काठमाडौं : युनाइटेड स्पिरिट्स प्रालिले विश्वस्तरीय म्याकडवेल्स् ब्लु रिबान्ड भोड्का नेपाली बजारमा ल्याएको छ ।
विगत १३ वर्षदेखि उपभोक्ताहरु माझ लोकप्रिय ब्लू रिबाण्ड जिन परिवारको यस म्याकडवेल्स् ब्लू रिबाण्ड भोड्कामा पनि उही गुणस्तर र स्वाद रहेको छ । ग्रेन स्पिरिट प्रयोग गरी सम्पूर्ण अशुद्धिहरु हटाई ट्रिपल डिस्टिल्ड प्रोसेसबाट उत्पादन गरिएको यो भोड्का शुद्ध र स्मूथ छ । चम्किलो चाादीझैं लेबल भएको यस म्याकडवेल्स् ब्लू रिबाण्ड भोड्का ७५० मि.लि., ३७५ मि.लि. तथा १८० मि.लि को बोतलमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । उपभोक्ताहरु माझ आफ्नो प्रामाणिकता बनाई राख्न कम्पनीले ब्लू रिबाण्डका बोतलहरुमा बिगार्न नमिल्ने गुआला क्यापहरु प्रयोग गरिएका छन् । यस भोड्काको ७५० मि.लि. बोतलको मूल्य ४७० कायम गरिएको छ ।
‘विश्वमा मदिरा प्रयोगको ट्रेण्डलाई हेर्ने हो भने नेपालमा ह्वाइट स्पिरिटहरुको बजार बढ्ने क्रममा छ । यो सबै उपभोक्ताहरुको आफ्नो आनन्दको लागि विभिन्न ककटेलहरु बनाउने चाहनाको परिणाम हो । र, यही ट्रेण्डलाई मध्यनजर गर्दै म्याकडवेल्स् ब्लू रिबाण्ड भोड्का बजारमा ल्याइएको हो । म्याकडवेल्स् परिवारको यस म्याकडवेल्स् भोड्कामा चाहिने सम्पूर्ण कुराहरु भएकाले यसले नेपालमा सफलता पाउने छ।’ युनाइटेड स्पिरिट्स नेपाल प्रालिका सिओओ अनन्त अैएरले भने ।
क्रिसमस र नयाँ वर्ष जस्ता उत्सवहरु आउनै लागेको समयमा ल्याइएको यस ब्लू रिबाण्ड भोड्का नेपालमा रमाइलो गर्न मन पराउने युवाहरुमाझ भोड्काको बढ्दो लोकप्रियातालाई मध्यनजर गर्दै ल्याइएको जनाएको छ ।
प्रतिक्रिया