वाणिज्य मन्त्रीहरूको विश्व सम्मेलन बालीमा

काठमाडौं, १५ मंसिर । अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री शंकरप्रसाद कोइरालाले विश्व व्यापार संगठनको ९ औं वाणिज्य मन्त्री स्तरीय बैठकमा आफ्नो एजेण्डा सशक्त रुपमा उठाउने बताएका छन् ।

नेपालका लागि बेलायती राजदूत एन्ड्रयू जेम्स स्पार्कसंग शुक्रवार अर्थ मन्त्रालयमा भएको भेटमा मन्त्री कोइरालाले अति कम विकसित मुलुकहरुको अध्यक्षता गर्ने मौका पाएको नेपालले आफ्नो र आफूजस्तै कठिनाई भोगिरहेका मुलुकका विषयमा ठोस प्रस्ताव ल्याउने जानकारी दिए । संविधानसभाको चुनाव निष्पक्ष र भव्यतासाथ सम्पन्न गर्न अन्तर्राष्ट्रिय समुदायले गरेको सहयोग र चासोको प्रशंसा गर्दै मन्त्री कोइरालाले नेपालको आर्थिक विकासमा समेत विदेशी सहयोग अपरिहार्य रहेको बताए ।
राजदूत स्पार्कले विश्व व्यापार संगठनमा अति विकसित मुलुकहरुले खेल्नुपर्ने भूमिकाका विषयमा सचेत गराउादै विकसित मुलुकबाट लिने सहयोगको दायरा बढाउन सुझाव दिए । यसअघि सम्पन्न दोहा राउण्ड असफल भएको प्रसंग कोट्याउादै राजदूत स्पार्कले विगतबाट पाठ सिक्न आग्रह गर्दै तपाईंहरुलाई हाम्रो नैतिक समर्थन छ । विश्व व्यापार संगठन सदस्य राष्ट्रका वाणिज्य मन्त्रीहरुको ९ औं विश्व सम्मेलन १ डिसेम्बर देखि ईण्डोनेशियाको बालीमा हुदैंछ ।

प्रतिक्रिया