मायाको डोरी

joshiबाटोभरि आखा बिछ्याई
तिम्रो आगमनलाई कुरी बसें
मायाको डोरी बाट्दै–बाट्दै
पहिर्‍याउनलाई कुरी बसें
बाटोभरि आखा… … … ….

बिते बिहान, दिन अनि सााझ
बितेछन् कयौं रातहरु
तिम्रै तिम्रो पर्खाइमा
छुटेछन् कति साथहरु
बाटोभरि आखा… … … …

छुटिसकेछन् कयौं गोरेटोहरु
गएछन् बसन्तहरु नफर्कने गरी
यो माया भन्ने नै कस्तो होला
पर्खिरहेछु तिम्रै बाटो हेरी हेरी
बाटोभरि आखा… … … … …

प्रतिक्रिया