धनगढी, १५ मंसिर । संविधानसभा सदस्यको निर्वाचन सकिए लगत्तै सुदूरपश्चिमका पहाडी जिल्लाबाट धमाधम भारततिर मजदुरी गर्न जानेको लर्को लागेको छ ।
यहाँका ७ वटा पहाडी जिल्लाबाट दैनिक सयौंको संख्यामा मजदुरीका लागि धमाधम भारततिर गइरहेको धनगढी तथा महेन्द्रनगरस्थित सीमा प्रहरी चौकीले जनाएको छ ।
दसैं, तिहार तथा संविधानसभा निर्वाचनका लागि भनेर जन्मथलो फर्किएका उनीहरु आफ्नो गाउँठाउँमै रोजगारीको ब्यवस्था नहँुदा मजदुरी गर्न भारततिर गएका हुन् । यसरी मजदुरीका लागि जानेहरु घरपरिवारका लागि लुगाफाँटो सहित केही नगद लिएर नया वर्ष (विसु संक्रान्ति) र दसैंमा घर फर्कने गर्दछन् ।
बझाङ, बाजुरा, अछाम, डोटी, बैतडी, दार्चुला र डडेल्धुरा जिल्लाका ग्रामीण भेगबाट दैनिक सयौंको संख्यामा मजदुरीका लागि भारततिर गइरहेका छन् । एकै गाउँका कम्तिमा २०/३० जनाको समुह बनाइ जानेगरेको बझाङ वस काउन्टरका दीपक कठायतले बताए ।
‘निर्वाचन सकिए सगै ग्रामीण भेगबाट दैनिक मजदुरीका लागि भारत जानेहरुका कारण वस भरिभराउा भएर अतिरिक्त वस पठाउनुपरेको छ,’ कठायतले भने, ‘निर्वाचनसम्ममा धनगढी र महेन्द्रनगरका लागि दैनिक ६ वटासम्म वस जानेगरेकोमा निर्वाचन सकिएपछि थप ५ वस जाने गरेको छ । त्यै पनि सीट पाउन मुस्किल भएकको गुनासो छ ।
आर्थिक अवस्था कमजोर भएका यहााका वासीन्दा रोजीरोटीका लागि भारतको कालापहाड, सिमला, गुजरात, बंलोर, नयाा दिल्ली लगायतमा जाने गर्दछन् । घरमा खाली बस्नुभन्दा मजदुरी गरेर दुई/चार हजार कमाइ हुनेभएकोले घरपरिवार छोडेर कालापहाड जान लागेको बझाङ भातेखोला गाविसका धनबहादुर मिजारले बताए ।
उनले पाखो खेतमा उब्जेको अन्नले तीन महिनापनि खान पुग्दैन् । आयस्रोतको अन्य व्यवस्था नभएपछि घरपरिवारको पालनपोषणकै लागि बिगत २५ वर्षदेखि मजदुरी गर्न कालापहाड, सिमला, बद्रीकेदारनाथमा जानेगरेको बताए ।
तिहारका लागि भनेर आएको थिए । त्यस लगत्तै निर्वाचन पनि भएकोले सबैले भोट हालेर मात्र फर्कन सल्लाह दिएपछि भोट हालेर पुन: मजदुरी गर्न फर्केको हु ’ मिजारले भने ।
संविधानसभा निर्वाचन सकिएपछि भारतमा काम गर्न जानेहरूको संख्यामा एक्कासी बृद्धि भएको कैलालीस्थित त्रिनगर भन्सार प्रहरी चौकी इन्चार्ज प्रहरी नायव निरीक्षक नारदसिंह धामीले पनि बताए । इन्चार्ज धामीले भने–‘पहाडी जिल्लाबाट गौरीफन्टा नाकामा मात्र दैनिक १५ सयसम्ममा भारतमा मजदुरी गर्न जानेहरु आइरहेका छन् । एकाएक मजदुरी गर्न जानेको संख्या बढी भएका कारण भारतीय क्षेत्र गौरीफन्टामा गाडी नपाएर बिहीबार ७०/८० जना धनगढी फर्केका छन् ।’
गाडी नपाएर समस्या भएपछि आफूले भारतीय पक्षलाई अनुरोध गरी थप १० वटा गाडी मगाएको इन्चार्ज धामीले जानकारी दिए । मजदुरी गर्न जानेको संख्यामा एकैपटक हवात्त बृद्धि भएपछि भन्सार सुरक्षार्थ खटिएका प्रहरीलाई सुरक्षा व्यवस्था र यात्रुको रेकर्ड राख्न हम्मे हम्मे भएको त्रिनगर भन्सार प्रहरी चौकीले जनाएको छ ।
यसैगरी महेन्द्रनगरस्थित गड्डाचौकीबाट पनि दैनिक सयौं नेपाली भारततिर मजदुरी गर्न गइरहेका छन् । गड्डाचौकीमा पनि गाडी नपाएर मजदुरी गर्न जानेहरुलाई समस्या भइरहेको प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
मजदुरीका लागि निकै कष्ट सहदै चाडवाडमा मात्रै नेपाल फकिर्ने उनीहरुले यसपल्ट संविधानसभाको निर्वाचनका कारण दुई साता ढिलो गरी भारत जान लागेको बताएका छन् । आफ्नो देशमा रोजगारी नपाएका कारण सामान्य पेट पाल्नकै लागि भनेर विदेसिनु परेको बाजुराका मान कठायतले गुनासो गरे ।
‘मजदुरीका लागि भारतनै उपर्युक्त छ । त्यहाा नगई सुखै छैन,’ कठायतले भने, ‘धमाधम बेरोजगारहरू मजदुरी गर्न भारततिर हिड्न थालेपछि गाउाघरमा महिला, बालबालिका र बृद्धबृद्धा मात्रै रहेका छन् ।’
प्रतिक्रिया