‘सके सहमति, नभए बहुमतीयमा संविधान’

काठमाडौं, १५ मंसिर । नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले भए सहमतिबाट नभए बहुमतिय आधारमा एक बर्षभित्र संबिधान जारि गर्ने प्रतिवद्धता जनाएका छन् । शुक्रबार नेपालका लागि संयुक्त राष्ट्रसंघीय आवासीय प्रतिनिधि बी जेमीसंग कोइरालाले यस्तो प्रतिवद्धता जनाएका हुन ।

कोइराला निवास महाराजगञ्जमा शुक्रबार भएको भेटमा जेमीले संविधानसभा निर्वाचनमा कांग्रेसले अग्रता लिएकोमा बधाई दिए । जेमीले नयाँ संविधानका लागि सहमति र सहकार्यका साथ अघि बढ्न सुझाव दिए । जवाफमा सभापति कोइरालाले सहमतिको बाटोबाट सरकार गठन गरी संविधान निर्माण्ँको प्रक्रिया थालेको बताए । ‘कांग्रेस सहमतिबाटै सरकार गठन गर्ने पक्षमा छ,’ उनले भने, ‘बहुमतबाटै भए पनि संविधान बनाउने छौं ।’ कोइरालाले संविधानसभाको निर्वाचनबाट लोकतान्त्रिक शक्तिहरू बलियो भएकाले तोकिएकै समयमा संविधान बन्ने विश्वास व्यक्त गरे ।
यसैबीच शुक्रवारै सभापति कोइरालासँग नेपाल उद्योग वाण्ँिज्य महासंघका प्रतिनिधिहरूले पनि भेट गरेका छन् । महासंघले सहमतिबाट अगाडि बढ्न कांग्रेसलाई सुझाव दिएको छ । मुलुकमा राजनीतिक स्थायित्व भएमा मात्रै लगानी मैत्री वातावरण बन्ने महासंघको भनँइ छ ।

प्रतिक्रिया