भक्तपुर : भक्तपुरका सरोकारवालाहरूले सन् २०१५ सम्ममा जिल्लालाई क्षयरोग मुक्त बनाउने प्रतिबद्धता ब्यक्त गरेका छन् । जिल्लालाई क्षयरोग मुक्त बनाउन विभिन्न संस्थासँगको सहकार्यलाई निरन्तरता दिने पनि उनीहरूले जनाएका छन् ।
नेपाल क्षयरोग निवारण संस्थाको हीरकउत्सव तथा ६० औँ राष्ट्रिय क्षयरोग नियन्त्रण दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै स्थानिय विकास अधिकारी राजेन्द्र कुमार केसीले जिल्ला क्षयरोग मुक्त नभएसम्म विभिन्न संस्थासँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
स्थानीय विकास अधिकारी केसीले नेपाल क्षयरोग निवारण संस्था भक्तपुरद्वारा प्रकाशित ‘हाम्रो प्रयास×’ नामक स्मारिकाको पनि लोकापर्ण गरे । संस्थाको जिल्ला शाखा सभापति बाबुकाजी श्रेष्ठले सन् २०१५ सम्ममा जिल्लालाई क्षयरोग मुक्त जिल्ला बनाउन सम्पूर्ण जनसमुदाय र तप्काका व्यक्तिको सहयोग अपरिहार्य भएको बताए । संस्थाका सल्लाहकार समितिका संयोजक धनमान श्रेष्ठले संस्था ६० वर्ष पुग्दाखेरि पनि नेपालमा क्षयरोग नियन्त्रणमा अझै समस्या देखापरेकाले चिन्ता व्यक्त गरे । (सौस)
प्रतिक्रिया