बाजुरा, १४ मंसिर । बाजुराको बडरस्थित रुपसडाँडामा जीप दुर्घटना हुँदा १२ यात्रु घाईते भएका छन् ।
तिपाडा बजारवाट धनगढीका जाँदै गरेको लु १ च १२४४ नम्बरको जीप आज (शुक्रबार) विहान १ बजे दुर्घटना हुँदा १२ यात्रु घाईते भएका हुन् । संविधान सभा सदस्य निर्वाचनका लागि मतदान गरी गन्तब्य तर्फ जाँने क्रममा यात्रु दुर्घटनाममा परेका हुन् ।
दुर्घटनामा नेविसंघ बाजुराका पूर्व अध्यक्ष शुरशत शाहको टाउकोमा गम्भीर चोट लागेको छ । अन्य घाइतेहरुको पनि अवास्था गम्भीर छ ।
प्रतिक्रिया