सहयोगीको भूमिकामा माओवादी

नेपाली जनताले निर्वाचनपछि संविधानसभा निवाचन हुनछ र त्यसले सवै खाले समस्या समाधान गर्छ भन्ने ठानेका छने । त्यही आसमा जनताले बन्द,हडताल र त्रासका बिचमा पनि निर्वाचनमा अत्याधिक सहभागिता जनाए । तर पहिलो संविधानसभाको निवाचनमा बिभिन्न कारणले सवैभन्दा ठूलो दल बन्न सफल एमाओवादी अहिले त्रेसो दलमा सिमित रहेकाले बिभिन्न बखेडा झिकन थालेकोछ । जनतालाई भ्रममा राखेर राज्य सत्तामा हालीमुहाली गनै योजना फेल खाएपछि त्यो दलका नेताहरु छाँगोबाट खसे जस्तै भएकाछन् । पाँच वर्षको अन्तरालमा जनतालाई मन पनै काम र्गन नसकेका र एमाले,कांग्रेसले भनदा फरक खालको कार्यक्रम ल्याउन नसकनाले एमाओवादीलाई जनताले मन नपराउनु स्वभाविक थियो । त्यही कारणले बढी खरानी घसने नयाँ जोगीलाई भन्दा परानै जोगीलाई मन पराएँ । तर जनताको अभिमतलाई हिरस्कार गनै हिसावले बोलेर एमाओवादीलाई बाचेका थोरै साखपनि समाप्त पार्न खोजदै छन् । गाँउ घरका जाली झेलीले जस्तो कहिले यो भएन र कहिले यो भएन र कहिले त्याृ भएन भनेर जनतालाई भ्रममा पार्न सकिन्छ कि भन्ने सोचदै छन् । तर,नेपाली जनताले भेउ पाइसकेका छन् । छलछेलमा फस्ने वाला छैन्न् । तसर्थ सवै मिलेर संविधान निर्माण गनै र मुलुक व्याप्त समस्या समाधान गनै तर्फ लाग्नै पर्छ ।
एमाओवादीमा निकै ठूलो दभ्भ चुलिएको थियो । त्यस दलका नेतालाई जनताको पहुँचभन्दा धेरै टाढा राख्न थालिएको थियो । सुशिल कोईराला,झलनाथ खनालहरु सजिलै भेट्ने र राष्ट्रको समस्या सुनाउँने जनताले प्रचण्ड,बावुरामहरुलाई भेटने सकदै सकेन्न । अनौठो त के हो भने सर्वहारा बर्गदा नेता पुरै भहाँसामन्तमा परिणत भए । १० वर्ष युद्द लडेकाहरुको बिजोग बनाईयो । शिविरमा पाएको थोरै पैसाको चेक समेत कुटपिट गरेर खोसियो । कार्यकर्तालाई सैद्धान्तिक ज्ञान दिएर शिक्षित बनाउन एमाओवादीका नेताहरु डराए । कितावलाई भन्दा पैसामा ध्यान केन्द्रित गर्ने जमात एमाओवादिमा ह्रवात्तै बढ्यो । पुराना र युद्ध लडेका कार्यकर्ता भन्दा चैतेहरु नेताका लागि प्यारो भए । पार्टी बिभाजन भयो । बैधे माओवादीको घर्तीवाट अस्तित्व नै मेट्ने खालका अभिव्यक्ति एमाओवादीका नेताले दिए । उम्मेद्वार पनि चैतेहरुलाई नै बनाइयो । जसले गर्दा कार्यकर्ता रुष्ट बने । हार्नु पनै केही कारण यिनै हुन । तसर्थ खोचे थाप्नुको कुनै तुक छैन । अब एमाओवादीले लोकतान्त्रिक पद्धति अनुरुपको संविधान लेख्न र आफुले ल्याएको गणतन्त्रलाई स्थायित्व दिने भूमिका खेल्नु पर्छ ।
अहिले पनि एमाओवादीको आकार ठूलै छ । कांग्रेस र एमालेले एमाओवादीले जे भन्छ त्यही मान्दै आएका थिए । अब त्यो आदेश मान्नै पर्ने बाध्यतावाट ती दल मुक्त भएका छन् । किन कि उनिहरुसंग अब दुइतीयाईको बहुमत छ । यसले गर्दा एमाओवादीले आफनो धरातलीय यथार्थ बुझेर दम्भ त्याग्दै गणतन्त्र र संघियतालाई सहज रुपमा स्थापित गर्ने भूमिका निर्वाह गर्नु पछ । अन्यया जनताले यो भन्दा बढी तिरस्कार पनि गर्न सक्छन् । अब एमाओवादीले आफना कमी कम्जोरी आफै भित्र खोजेर सच्याउनु पर्छ । र त्यसका लागि नेताहरु आफैले केसम्म बोलन मिल्छ र त्यसको अर्थ के लाग्छ भन्ने पनि बुझनु पर्छ । अहिलेको समयमा जनताले जे दिए त्यसमा चित्त बुझाएर एमाओवादी संविधानसभामा आफनो उपस्थिति जनाउनु पर्छ । जनआन्दोलन बाट प्राप्त उपलब्धीहरुको जगेना गनए पनि कांग्रेस र एमालेलाई एमाओवादीले सहयोग गर्नै पर्छ ।

प्रतिक्रिया