भैरहवा, १४ मंसिर । रुपन्देही पडसरी स्थित गोविन्द आयल इन्डस्ट्रीजद्धारा उत्पादित तथा विक्रि वितरण भइरहको अंकुर ब्रान्डको तोरिको खाने तेल अखाद्य भएको प्रमाणित भएको छ ।
रुपन्देही सेमलार गाबिस वडा न.९ का उपभोक्ता होमराज घिमिरले खाना पकाउदा सो तेलमा लेदो जमेको तथा गन्हाएको भन्दै स्थानिय प्रसासन हुदै जिल्ला प्रसासनमा उजुरी दिए पछी जिल्ला बजार अनुगमन समितीले गएको कार्तिक ५ गते सो तेल उत्पादन गर्ने उद्योगमा छापा मारि नमुना जाचकोलागी केही पोका तेल लिएको थियो ।
नमुना जाचकालागी लिएका तेलहरु प्रयोगशालामा जाचकालागी क्षेत्रिय खाध्य प्राबिधि तथा गुणनियन्त्रण कार्यालय भैरहवा र केन्द्रिय बिभागमा पठाइएकोमा बिभागमा पठाएको थियो । तर क्षेत्रिय खाध्य प्राबिधि तथा गुण नियन्त्रण कार्यालयले फरक फरक रिपोर्ट पठाएका दिएका छन् । यसरी केन्द्रिय प्रविधीले सो तेल अखाद्य भएको प्रमाणित गरेको छ भने क्षेत्रले गुणस्तर युक्त भएको रिर्पोट दिएको छ । केन्द्र र क्षेत्रको रिर्पोट फरक फरक आएपछि क्षेत्रत्रीय खाद्य प्रविधी तथा गुणनियन्त्रण कार्यलयलाई पनि जिल्ला प्रसासन कार्यलयले अनुसन्धानको घेरामा राखेको छ ।
शुद्ध भनिएको तोरीको तेलमा पोका खोल्दा अखाध्य बस्तु देखीएको र जमेको अवस्थामा भेटीए पछी उपभोक्ताले शंका लागेर उजुरी दिएको बताएका छन् । उपभोक्ताहरुका अनुसार अंकुर ब्राण्डको तोरीको तेल जमेको र थोक्रा भएको पोकाहरु भेटीए पछी बजार अनुगमन टोलीलाई बुझाएको हो ।
यस सम्बन्धमा खाद्य निरिक्षक हेमन्त गौतमले केन्द्रको रिपोर्ट सही भएको र आफुहरुको रिपोर्टमा केही प्राबिधिक कमजोरी हुन सक्ने बताएका छन् । खाध्य प्राबिधि तथा गुणनियन्त्रण बिभागले भने रिफ्रयाक्टीभ इन्डेक्स,पेरोक्साइड भ्यालु र एसीड भ्यालु चेक गर्दा खान अयोग्य रहेको र अखाध्य बस्तु मिसीएको भनी प्रमाणीत गरेको छ ।
बिभागले जिल्ला प्रशासन कार्यालय रुपन्देहीले कार्तिक १५ गते पत्र सख्या ३४८६ का साथ पठाएको अंकुर ब्राण्डको शुद्ध तोरीको तेलका पोकाको नमुना प्यारामिटर चेकजाच गर्दा रिफ्रयाक्टीभ इन्डेक्स १.४६५ देखी १.४६९ हुनुपर्नेमा १.४६३५ रहेको थियो । यसैगरी, पेरोक्साइड भ्यालु १० हुनुपर्नेमा १.७९ भएको र एसीड भ्यालु ०.५० हुनुपर्नेमा १.२५ रहेकाले खान अयोग्य र अखाध्य बस्तु मिसावट रहेको भन्दै बिभागको २६ मंसीरको चलानी नम्वर १४५७ को पत्र जिल्ला प्रसाशन कार्यालयलाई पठाएको छ ।
जिल्ला बजार अनुगमन टोलीका संयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुङवाङले पनि केन्द्रको रिपोर्टलाई आधार मान्नु पर्ने जनाउदै क्षेत्रिय खाद्य प्राबिधि तथा गुणनियन्त्रण कार्यालय अनुसन्धानको घेरामा तानिएको बताएका छन् । उनले भने सरसर्ति हेर्दा पनि यो तेल अखाद्य देखिएको छ । अर्कोतिर विभागले अखाद्य भनिसकेकोले तेल उत्पदाक गोविन्द आयल इन्डस्ट्रिीजका सन्चालकलाई कालो बजारी ऐन र केही सामाजिक अपाराध ऐन २०३२ अनुसार कडा भन्दा कडा कारबाहिको प्रक्रिया अगाडी बढाउने पनि जनाए ।
तेलको बाहिरको लेभल पनि गलत भएको प्रसासनले जनाएको छ । तेलको बाहिरको लेभलमा शुद्ध आयतित तेल भनिएको छ तर स्रोतका अनुसार उत्पादकले तेल नभइ तोरी आयत गरी मिलमा पेलेर प्याकिंग गर्ने गरेका छन् । सो तेलमा पार्म वायलको मात्रा बढी भएको विषज्ञको भनाइ छ । जुन स्वाथ्यकोलागी हानिकारक हो ।
प्रतिक्रिया