कुरुवासी स्वास्थ्य सेवाबाट वञ्चित

kolti photoबाजुरा १४, मंसिर । जिल्लाको कोल्टी गाविसमा पर्ने कुरु का स्थानिय बासिन्दा स्वास्थ्य सेवा बाट बन्चित भएका छन । सिटामोलको ट्याब्लेट लिन जादा गाँउबाट स्वास्थ्य संस्था पुग्न दुई दिनको पैतल यात्राबाट मात्र पुग्ने हुदा विरामीलाई उपचार गर्न समेत समस्या हुने गरेको स्थानिय जगत रोकायाले दुखेसो गरेका छन् ।

‘ स्वास्थ्य केन्द्र जान दुई दिन लाग्छ कसरी जाने बाटो राम्रो छैेन भिडै भिडमा हिड्नु पर्छ विरामीलाई स्टेचरमा बोकेर जादा झनै समस्या आउने गर्दा हामी विरामीलाई लिन सक्दैनौ । यातायातका त कुरै नगरौ हिड्ने बाटो समेत छैन क्यागरी बाच्नेहो स्वास्थ्य केन्द्र पनि नजिक छैन’ स्थानीयबासीको दुखेसो छ ।
‘ सरकारले पनि हाम्रा दुख कहिलै पनि हेरेन  । ’ उनीहरुले थप बताए । कोल्टी गाविसका ५ ,६ र ७ वडाका तिन सय बढी परिवार बसोवास गर्ने कुरु क्षेत्रका स्थानिय बासिन्दाले समयमै उपचार नपाएर वर्षेनी ६ , ७ जनाले अकालमै ज्यान गुमाउने गरेको स्थानियको गुनासो छ  ।
विरामी लाई समयमै उपचार नपाउदा सवै भन्दा बढि गर्भवती महिलालाई समस्या हुने गरेको हो । गाँउबाट स्वास्थ्य संथा जान धेरै समय लाग्ने र बोकेरै स्वास्थ्य संस्था सम्म पुगाउनु पर्ने हदा  बोक्ने मान्छेलाई समेत समस्या हुदा औसधि उपचार समेत नपाएर छट्पटिनु पर्ने अबस्था भएको छ ।  गाउँमा विरामी हुदा वन जंगलमा पाईने तितो, कटुकी, पदमचारो, भुल्ते र गदार्नो खाएर उपचार गरीरहेको स्थानिय राजन रोकायाले बताए ।
गाँउघरमा विरामी हुदा वैद हरु बोलाएर  जंगलको जडीबुटी खुवाएर विराम निको गर्नु पर्ने वाध्यता रहेको छ । स्वास्थ्य संस्था नजिक छैन सामान्य विरामी हुदा समेत दुई दिनको पैतल बाटो हिडेर जानु पर्ने वाध्यता छ । विच बाटोमा खाने बस्ने ठाउँ समेत छैन । एक दिन पकाएका रोटी दुई दिन सम्म बोकेर खानु पर्ने हुन्छ विराम निको नभए नेपालगजं, काठमाण्डौ र भारत सम्म लिनु पर्ने हुन्छ । आवश्यक पर्ने आर्थीक समेत जुटाउन सकीदैन स्थानियको दुखेसो छ  । यस्तै बाजुराका रुगिन, विच्छया, दहकोट, काँडा, साप्पाटा, गोत्री, जुकोट, वाई, मानाकोट, जयबागेस्वरी लगायत अधिकाङ्गस गाउँ हरुमा नजिक स्वास्थ्य संथा नहुदा आवश्यक स्वास्थ्य सेवा नपाएर अकालमा ज्यान गुमाउन पर्ने बाध्यता छ भने अर्को तिर स्वास्थ्य सस्थामा सिटामोल समेत नपाईने र स्वास्थ्य कार्यलयमा कर्मचारी समेत नभेटीने गरेको स्थानियले आरोप लगाउने गरेका  छन्  ।

प्रतिक्रिया