प्युठान : जिल्ला विकास समिति प्यूठानले आगामी आर्थिक वर्ष ०७१/७२ का लागि योजना निर्माणको काम शुरु गरेको छ । आगामी आर्थिक वर्षमा संचालन गर्ने योजनाहरुको छनोट तथा प्राथमिकरणको काम थालनी गरेको हो ।
स्थानीय निकायहरु जिविस, गाविस तथा विषयगत कार्यालयका कार्यक्रमहरुलाई केन्द्रीकृत रुपमा सञ्चालन गरि सहज र प्रभावकारी बनाउन विहिवार पूर्व योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ । स्थानीय विकास अधिकारी भगवान आर्यालले प्राथमिकताका आधारमा योजना छनोट तथा प्राथमिकरणका लागि वडा, गाविस, इलाका र जिल्ला स्तरमा पूर्व योजना तर्जुमा कार्यक्रमहरु संचालन शुरु भएको बताए । अधिकारी अर्यालले आगामी १८ फागुनमा जिल्ला परिषद सम्पन्न गर्ने लक्ष्य सहित काम अघि बढेको बताए । उनले आगामी पुस मसान्तभित्र गाउ परिषद र माघ तेस्रो हप्ता भित्र इलाका योजना तर्जुमा सम्पन्न हुने जानकारी दिए । योजनाहरु निर्माण तथा छनोट गर्दा गरिब, महिला, अपांग, दलित, जनजातिलगायत सीमान्तकृत वर्गहरुलाई लक्षित गरि बनाउनुपर्ने बताए । (सौस)
प्रतिक्रिया