कोइराला–जापानी राजदूत भेट

काठमाडौं, १४ मंसिर । जापानी राजदूत मासासी ओगावाले कांग्रेस सभापति सुशील कोइरालासग पछिल्लो राजनीतिक अवस्थाबारे चासो व्यक्त गरेका छन् ।

विभिन्न देशका राजदूतहरुले नेताहरुसगको भेटवार्तालाई तीव्रता दिएका बेला जापानी राजदूत ओगावाले पनि बिहीबार कांग्रेस सभापति कोइरालालाई भेटेका हुन् । कोइराला निवास महाराजगन्जमा भएको भेटमा राजदूत ओगावाले संविधानसभा चुनावबाट कांग्रेस ठूलो पार्टी बन्न सफल भएकोमा बधाई दिँदै नेपालको राजनीतिक स्थायित्वका लागि जापानको सधै सहयोग रहने प्रतिबद्धता जनाए ।
कोइरालाले आफू सहमतिका आधारमा नयाँ संविधान निर्माण र सरकार गठनको पक्षमा रहेको जानकारी ओगावालाई गराएका थिए । यसअघि भारतीय, अमेरिकी र युरोपियन युनियनमा आबद्ध राजदूतहरुले कोइरालासग भेट गरी संविधान निर्माण र सरकार गठनमा चासो व्यक्त गरेका थिए ।
बिहीबार नै चिनियाा राजदूत उ चुन्ताईले पनि कांग्रेस सभापति कोइरालासाग भेटवार्ता गरेका थिए । कोइराला निवास महाराजगन्जमा भएको उक्त भेटमा राजदूत चुन्ताईले संविधानसभा चुनावबाट कोइराला निर्वाचित भएको तथा कााग्रेस ठूलो पार्टी बन्न सफल भएकोमा बधाई ज्ञापन गरेका थिए । कोइरालाले सहमतीय सरकार गठनका लागि भइरहेको प्रयासबारे राजदूत चुन्ताईलाई जानकारी गराएको कोइरालाका स्वकीय सचिव लक्ष्मण ढकालले जानकारी दिए ।

प्रतिक्रिया