सरकारले मात्रै विकास गर्न सक्दैन : कोइराला

Shankar-Koiralaविराटनगर, १३ मंसिर । अर्थमन्त्री शंकरप्रसाद कोइरालाले कर तिरेर मुलुकप्रतिको जिम्मेवारी निभाउन आग्रह गरेका छन् ।

मोरङको डायनियामा नवनिर्मित छोटी भन्सार कार्यालयको आज (बिहीबार) उद्घाटन गर्दै मन्त्री कोइरालाले सरकारको एक्लो प्रयासले मात्र देश विकास सम्भव नभएको बताए । उनले आर्थिक क्रान्तिको महाअभियानमा सबैको सहयोग आवश्यक भएको बताए ।

सम्पूर्ण बजेटको आधाभन्दा बढी हिस्सा आन्तरिक श्रोतबाट जुटाउनुपर्ने दायित्व रहेको भन्दै उनले राजश्वका लागि सरकारको उपस्थिति विस्तार गरिएको बताए ।

मन्त्री कोइरालाले चुनाव गराउने दायित्व सकिए पनि आर्थिक विकासको अभियान अबको मुख्य दायित्व भएको स्पष्ट पारे ।

उनले सरकारले ल्याएको बजेट आर्थिक विकासको अभियानको प्रस्थान विन्दु भएको बताए । उनले काममा प्रक्रियागत, कानूनी र आचरणमा सुधार ल्याउन कर्मचारीहरुलाई निर्देशन दिए ।

प्रतिक्रिया