बिद्युत् उत्पादनका लागि ३८ निवेदन

काठमाडौं, १२ मंसिर । यस वर्ष विद्युत् उत्पादन गर्न ३८ वटा प्रवद्र्धकले विद्युत् विकास विभागमा निवेदन दिएका छन् । सर्वेक्षणको काम गरी निर्माणको तयारीमा रहेका प्रवद्र्धकले सो संख्याको निवेदन दिएका विभागले जनाएको छ ।

पछिल्लो पटक ५० मेगावाट क्षमता रहेको दिव्यज्योति हाइड्रो पावरले मस्र्याङ्दी बेसी हाइड्रो पावर लजलविद्युत् आयोजना निर्माण गर्न अनुमति पाउँ भनी निवेदन दिएको छ । यस्तै मध्य सुनकोसी ३.४ मेगावाट क्षमताको आयोजना निर्माणका लागि अनुमति पाऊा भनी लामा हाइड्रो पावरले निवेदन दिएको छ ।
यस्तै माथिल्लो म्याग्दी २० मेगावाट क्षमताको आयोजना निर्माणका लागि अनुमति हाइड्रो इम्पाएरले अनुमति माग गरेको छ । अनुमति माग्नेको संख्या ८२ रहेको र त्यसको क्षमता चार हजार तिन २३ मेगावाट रहेको विद्युत् विकास विभागका सूचना अधिकृत गोकर्णराज पन्थले जानकारी दिए । ‘निर्माणका लागि अनुमति पाउँ भनी विभागमा निवेदन दिएका प्रवद्र्धकबाटै छनोट गरेर नै निर्माणको अनुमति दिइन्छ । त्यसमा लागतको विश्वसनीयता र प्राविधिक तयारीलाई पनि हेरिन्छ ।’ सूचना अधिकृत पन्थले भने ।
यस्तै विभागले वायु ऊर्जा उत्पादनका लागि सर्वेक्षणको अनुमति लिएको नेपाल इन्टरनेसनल रिन्युएबल पावर कम्पनीले कुनै पनि प्रक्रिया अगाडि नबढाएको विभागको भनाइ छ । कुल पाँच मेगावाट क्षमताको वायु ऊर्जा दोलखाको जिरीमा उत्पादन गर्ने लक्ष्य सो कम्पनीले राखे पनि हालसम्म कुनै पनि काम नगरेको बताइन्छ ।

प्रतिक्रिया