बर्दियामा ७० उम्मेदवारको धरौटी जफत

बर्दिया, १२ मंसिर । संविधानसभा सदस्यको दोश्रो निर्वाचनमा उम्मेदवारी दिएका जिल्लाका अधिकांश उम्मेदवारहरुको धरौटी जफत भएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार चार वटा निर्वाचन क्षेत्र रहेको बर्दियामा३१ वटा राजनीतिकदल र १ स्वतन्त्र गरी जम्मा ८४ जनाले उम्मेदवारी दिए पनि निर्वाचनमा खसेको कुल मत मध्ये सदर भएको मतको १० प्रतिशत भन्दा कम मतप्राप्त गरेका७० जना उम्मेदवारहरुको धरौटी रकम जफत भएको हो ।

धरौटी जफत हुनेमा अधिकांश तराइ मधेश केन्द्रीत पार्टीका उम्मेदवार रहेका छन् । जिल्ला निर्वाचन कार्यालयले दिएको जानकारी अनुसार थरुहट तराई पार्टी नेपाल, राप्रपा नेपाल, सद्भावना पार्टी, नेपाल परिवार दल, राष्ट्रियजनमोर्चा, गरिव जनताको क्रान्ति पार्टी, नेपाल सद्भावना पार्टी, जनजागरण पार्टी नेपाल, संघीय सद्भावना पार्टी लगायतका दलका उम्मेदवारहरुको धरौटी रकम जफत भएको हो ।
काग्रेस, एमाले र एमाओबादीका चार वटै क्षेत्रका उम्मेदवारको धरोटी जफत भएइन । मधेशी यसका साथै जनाधिकार फोरमले क्षेत्र नं. २ र राष्ट्रिय प्रजातन्त्र पार्टीको क्षेत्र नं. ३ का उम्मेदवार सहित १४ जनाले धरौटी बचाएकाहुन् ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार २ लाख १६ हजार ६ सय ७९ मतदाता रहेको जिल्लामा ९६.४५ प्रतिशतमत खसेको थियो । जस मध्ये छ हजार तीन सय ४० अर्थात ३.५५ प्रतिशत मत बदर भएको थियो ।

प्रतिक्रिया