‘सरकार गठनको पहल कांग्रेसको जिम्मामा’

Madhav-Nepalकाठमाडौं, १२ मंसिर । नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले संविधानसभा निर्वाचनबाट ठूलो दल बनेको नेपाली काँग्रेसले नयाँ सरकार गठनका लागि पहल गर्नुपर्ने बताएका छन् ।

काठमाण्डौ २ का मतदातासग विजय जुलुसमा सहभागी हुने क्रममा नेता नेपालले यस्तो धारणा राखेका हुन् । काठमाडौं निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित भएपछि नेता नेपाल मंगलवार यस क्षेत्रअन्तर्गतका नाङ्गलेभारे, लप्सिफेदी र जर्सिपौवालगायतका गाउँमा स्थानीयवासी र मतदाताको स्वागत तथा बधाई लिनमा ब्यस्त छन् । यस क्रममा लप्सिफेदीमा आयोजित कोणसभामा नेता नेपालले निर्वाचनबाट नेपाली काँग्रेस ठूलो दलको रूपमा अघि आएकाले नयाँ सरकार गठनका लागि उसले नै पहलकदमी लिनुपर्ने धारणा राखे ।
उनले आगामी एक वर्षभित्रमा सकेसम्म सहमतिका आधारमा नयाँ संविधान जारी गर्ने प्रतिबद्धता जनाउँदै आफूलाई विजयी गराउने मतदाता र आम जनसमुदायमा आभार व्यक्त गरे । नेता नेपालले भने ‘एमाले सत्ताको लागि लालायित छैन, यसका लागि ठूलो दलले पहलकदमी लिनेछ ।’ नेता नेपालले आफूहरू जातीय राज्यको पक्षमा नभएकाले बहुपहिचानसहितको सङ्घीय राज्य स्थापनाका लागि नयाँ संविधानमा आवश्यक व्यवस्था हुने स्पष्ट पारे ।

प्रतिक्रिया