विमान दुर्घटनाको कारण प्रविधि अनुपयुक्त

काठमाडौं : गत जेठ २ गते नेपाल वायु सेवा निगमको ट्विनअटर विमान जोमसोम विमानस्थलमा दुर्घटना हुनाको कारण अवतरण प्रविधि अनुपयुक्त भएको ठहर दुर्घटना जाँचबुझ आयोगले गरेको छ । अवतरणको चरणमा रहेको विमानलाई चालकले उडानका निम्ति आवश्यक पर्ने गति र धावन मार्गको लम्बाइलाई विश्लेषण नगरी उडाउने प्रयास गर्दा उक्त दुर्घटना भएको निष्कर्ष आयोगले निकालेको छ ।
आयोगले मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीसमक्ष प्रस्तुत प्रतिवेनमा चालक दलका सदस्यबीच सञ्चार समन्वय नहुनु तथा अवतरणपूर्व र त्यसपछि अपनाउनुपर्ने सावधानी नअपनाइएको पाइएको जनाएको छ ।
प्रतिवदेन ग्रहण गर्दै मन्त्री रामकुमार श्रेष्ठले आयोगले सिफारिस गरेका हवाइ सुरक्षासम्बन्धी विषयलाई अक्षरश: कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । (सौस)

प्रतिक्रिया