काठमाडौं, ११ मंसिर । एमाले अध्यक्ष झलनाथ खनालसँग नेपालका लागि भारतीय राजदूत रञ्जित रे’ले भेट गरी नेपालको राजनीतिक अवस्थाका बारेमा छलफल गरेका छन् ।
काठमाडौंमा आज (मंगलबार) भएको भेटबार्तामा मुलुकको पछिल्लो राजनीतिक अवस्था, संविधान लेखन र अन्य विविध विषयमा छलफल भएको खनालका निजी सहयोगी रामबाबु अधिकारीले जानकारी दिए । ‘उहाँहरुका बीच मुलुकको पछिल्लो समसामयिक राजनीतिक अवस्थामा छलफल भएको हो,’ उनले भने ।
संविधानसभा निर्वाचनको मत परिणामको नतिजा आउने क्रम जारी रहेका बेला भारतीय राजदूत रे ले खनालसँग भेट गरेका हुन् । भारतीय राजदूत रे’ले एमालेका वरिष्ठ नेता माधव नेपाल र एमाओवादी अध्यक्ष पुष्पकमल दाहालसँग पनि भेट गरिसकेका छन् ।
प्रतिक्रिया