तुल्सिपुर : मंसिर ४ गते भएको संविधानसभा निर्वाचनको समानुपातिकको मतगणना सम्पन्न भएको छ । मुख्य निर्वाचन कार्यालयका अनुसार प्रत्यक्षमा जिल्लाका पाँच निर्वाचन क्षेत्र जितेको नेपाली काँग्रेसले समानुपातिकमा पनि धेरै मत प्राप्त गरेको छ । आइतबार अबेरराति सम्म जिल्लाका पाँच वटै निर्वाचन क्षेत्रको मतगणना सकिएको हो । दाङमा नेपाली काँग्रेसले ६० हजार १ सय ७६ मत, एमालेले ४० हजार ३ सय ४७ मत र एकीकृत नेकपा (माओवादी)ले ३२ हजार ९१६ मत पाएका छन् । त्यसैगरी राजमोले सात हजार २२८ मत ल्याएको छ । राप्रपा नेपालले सात हजार १३७ मत ल्याएको छ । जिल्लामा १२७ दलका उम्मेदवारले समानुपातिकका लागि उम्मेदवारी दर्ता गराए पनि धेरैजसो साना दलका उम्मेदवारले नगन्य मात्रामा मत प्राप्त गरेका छन् ।
प्रतिक्रिया