जितेका क्षेत्रमा विजय जुलुस गर्ने निर्णय

mao officeकाठमाडौं, १० मंसि । एमाओवादीले धाँधली भएको ठहर गर्दै सो विषयमा अध्ययन र प्रतिवेदन तयार गर्न पाँच सदस्सीय उच्चस्तरीय समिति गठन गरेको छ ।

पार्टी मुख्यालय कोटेश्वरमा आज (सोमबार) बसेको एमाओवादीको केन्द्रीय समिति बैठकले बर्षमान पुनको संयोजकत्वमा समिति गठन गरेको हो ।

समितिमा रामचन्द्र झा, रामनारायण बिडारी, खिमलाल देवकोटा र जनकराज जोशी सदस्य रहेको एमाओवादीले जनाएको छ । समितिले धाँधली भएन/नभएका विषयमा अध्ययन गरेर १५ दिन भित्र केन्द्रीय समितिमा प्रतिवेदन बुझाउनु पर्ने छ ।

त्यसै गरी, एमाओवादीले पार्टीका उम्मेदवारको जित भएका क्षेत्रमा विजयी जुलुस र उत्सव गर्न निर्देशन दिएको छ । हार भएका क्षेत्रमा संगठन सुदृढ गर्ने निर्णय पनि एमाओवादीले गरेको छ ।

एमाओवादीको अर्को बैठक पुस–९ गते बस्ने छ । संविधानसभा निर्वाचनमा राष्ट्रिय अन्तर्राष्ट्रिय शक्ति मिलेर षड्यन्त्र पूर्वक हराएको भन्दै एमाओवादीले मत गठना बहिष्कार गरेको थियो ।

प्रतिक्रिया