रुकुम १–समानुपातिकतमा एमाओवादी अगाडि

रुकुम : संविधानसभा सदस्य निर्वाचनअन्तर्गत रुकुम क्षेत्र नं १ को समानुपातिकतर्फको मत परिणाम सार्वजनिक भएको छ । शनिबार बिहान १० बजेबाट सुरु भएको मतगणना कार्य आइतवार बिहान सकिएको हो । मत परिणामअनुसार एकीकृत नेकपा माओवादी अग्रस्थानमा रहेको छ । कुल खसेको ३१ हजार ९ सय ८९ मतमध्ये ७०९ मत बदर भई ३१ हजार २८० मत सदर भएको थियो । सदर मतमध्ये एकीकृत नेकपामाओवादीले १६ हजार ५ सय ३१ मत ल्याएको छ । यस्तै नेपाली काँग्रेसले छ हजार ४ सय २ मत ल्याएर दोस्रो भएको छ । तेश्रो स्थानमा रहेको एमालेले चार हजार ३७ मत प्राप्त गरेको छ । रुकुम क्षेत्र नं १ मा १०५ दललाई समानुपातिकतर्फ मत खसेको बताइएको छ । ७३ मतदान केन्द्रमा समानुपातिकतर्फको मतदान गरिएको थियो । यस्तै क्षेत्र नं २ को मत गणना कार्य जारी छ ।

प्रतिक्रिया