काठमाडौ : पछिल्लो समय विभिन्न टाइटलहरूमा धेरै सुन्दरी प्रतियोगिता भइरहेका छन् । तर त्यही अनुपातमा पुरुष सौन्दर्य प्रतियोगिता भने विश्वमै कम हुने गर्छ । त्यसैले ग्ल्यामर वल्र्डमा करिअर बनाउन चाहने केटाहरूले आफ्नो क्षेमता प्रदर्शन गर्ने प्ल्याटर्फम पाइरहेका हुँदैनन् । त्यस्तै इक्षा चाहना भएका युवाहरूलाई राम्रो प्ल्याट्फर्म दिने उद्देश्यले राजधानीका दुइ इभेन्ट म्यानेज्मेन्ट कम्पनी इफोर इन्टरटेनमेन्ट र प्यासन इन्टरटेनमेन्ट ले संयुक्त रुपमा मिस्टर क्यापिटल टाइटलको पुरुष सौन्दर्य प्रतियोगिता आयोजना गर्दैछन । पौसको पहिलो हप्तामा हुने उक्त प्रतियोगिताको लागि अहिले धमाधम अडिसनको काम भइरहेको छ । तिहार लगत्तै अडिसनमा छानिएका केटाहरूलाई प्रक्षिक्षण दिइने आयोजक इफोर इन्टरटेनमेन्टका निर्देशक दीपक घिमिरेले जानकारी दिएका छन् । २० केटाहरूबीच प्रतिस्पर्धा हुने उक्त प्रतियोगिताको कोरियोग्राफी मोडलरनायक यशराज गराचले गर्दैछन् ।
प्रतियोगिताको उपाधी विजेताले आधा दर्जनभन्दा बढी म्युजिक भिडियोमा मोडलिङ गर्ने तथा टिभी फिल्मीमा भिजेको रुपमा काम गर्ने अवसर पाउनेछन् । त्यस्तै विभिन्न ब्रान्डका विज्ञापनमा मोडलिङको अवसर प्रदान गरिने आयोजकले बताए । त्यस्तै, उनले नेपाली ग्ल्यामर क्षेत्रको लागि एउटा प्रतिभाशाली मोडल जन्माउने पनि आफूहरूलेको उद्देश्य रहेको बताए । (सौस)
प्रतिक्रिया