संविधानसभामा जान्छौं–बाबुराम

baburamकाठमाडौं : एकीकृत नेकपा माओवादीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले वैधानिक विधि र प्रक्रियाबाट नै आफ्नो पार्टी अघि बढ्ने बताएका छन् । डा. भट्टराईले आफ्नो र पार्टीको पराजयलाई एजेन्डाको पराजयको रूप नलिएको भन्दै अहिले मुलुकको राजनीतिमा माओवादीकै एजेन्डाहरू हावी भइरहेकोले वैधानिक विधि र प्रक्रिया प्रयोग गरेर जनतालाई समृद्ध तुल्याउने अभियानमा आफुहरू लाग्ने बताएका छन् ।
भट्टराईले शनिबार विज्ञप्ति जारी गर्दै आफ्नो पार्टीको सकारात्मक पहलकदमीलाई दुष्प्रचार गरिनुका साथै पार्टीको रचनात्मक पहलकदमीलाई निषेध गरिएको आरोपसमेत लगाए । ‘खासगरी अहिले मुलुकको राजनीतिको मूलधारमा देखिएका संघीयता, गणतन्त्र, समावेशी, धर्मनिरपेक्षता, पहिचान, राज्यको अग्रगामी पुर्नसंरचनालगायतका अग्रगामी एजेन्डाहरूको भ्रमपूर्ण अपव्याख्या र चुनाव जित्नका लागि प्रयोग गरिएका अनेकखाले अलोकतान्त्रिक र अमर्यादित हतकण्डाले यो चुनावी परिणाम निम्त्याएको मेरो ठम्याई रहेको छ,’ भट्टराईले भनेका छन्, ‘राज्यको अग्रगामी रूपान्तरण र आर्थिक समृद्धिका सवालमा एकीकृत माओवादीले उठाएका एजेन्डाहरू वास्तवमै सही छन् र ती एजेन्डाले नै मुलुकको कायाकल्प गर्ने विश्वास व्यक्त गर्दछु ।’
भट्टराईले आºनो पार्टीको एजेन्डालाई जनस्तरसम्म लैजाने क्रममा प्रतिस्पर्धी राजनीतिक दलले धेरै प्रकारका बाधा–अड्चन पैदा गरेको आरोपसमेत लगाएका छन् । ‘हाम्रो विश्वास के थियो भने, तपाईं जनताले हाम्रा एजेन्डालाई बुझेर एमाओवादीलाई परिवर्तनकारी शक्तिका रूपमा विजयी गराउनुहुनेछ । तर, अन्य प्रतिस्पर्धी दलका साथीहरूले हामी र हाम्रा एजेन्डालाई पूराका पूरा बहिष्कार गर्दै निषेधात्मक तरिकाले हाम्रो केन्द्रीय नेतृत्व र पार्टीको बद्ख्वाइँ गर्दै चुनाव प्रचार गरे, भट्टराईले भनेका छन्, हामीले चुनाव प्रचारका क्रममा कहिल्यै पनि अन्य दलहरूको आलोचना गरेनौं । ऐतिहासिक संविधानसभाको निर्वाचनमा पनि पूर्णतया संसदीय निर्वाचनको झल्को दिनेगरी एमाले कांग्रेसलगायत दलले निषेधात्मक तरिकाले अलोकतान्त्रिक प्रचार शैली अपनाउँदा आºनो एजेन्डा र हामीले विगतमा सरकारमा रहँदा वा बाहिर रहँदा शान्ति, संविधान, लोकतन्त्र र राज्यको अग्रगामी रूपान्तरणका सवालमा गरेका काम–कारबाहीको गलत व्याख्या गरियो ।

प्रतिक्रिया