महोत्तरी : महोत्तरी क्षेत्र नम्बर ४ बाट स्वतन्त्र उम्मेदवार चन्देश्वर झा विजयी भएका छन् । ३ हजार ६२ मत ल्याएर विजयी भएका झालाई सद्भावनाका सुडिसा साहले कडा टक्कर दिएका थिए । शाहले उनले २ हजार ९ सय २७ मत ल्याएका थिए । तेश्रो स्थानमा रहेका तमलोपाका हरिनारायण यादव १ हजार ७ सय ६५ मत प्राप्त गरे । यो जितसँगै स्वतन्त्र उम्मेदवार विजयी भएको यो दोस्रो हो । यस अघि कपिलबस्तु क्षेत्र नम्वर २ बाट स्वतन्त्र उम्मेदवार बनेका अतहर कलम विजयी भइसकेका छन् ।
प्रतिक्रिया